कनकाई अनलाईन
जामुनवारी सामुदायि वन तथा जामुनखाडी सिमसारको मतदान आज जारी छ ।
कुल ८ सय ४२ मतदाता रहेको यस सामुदायिक वनमा आज अहिले २ बजेसम्ममा जम्मा ६ सय ३४ मत खसेको निर्बाचन आयोगका सदस्य कुमार चाम्लिङ्ग राईले बताउँनुभयो । आज भएको मतदानमा कोरोमा बसेका किरियापुत्री समेतले मतदान गरेको निर्वाचन आयोगका अध्यक्ष रिऋी खतिवडाले बताउँनुभयो । आज ४ बजेसम्म मतदाताले निर्वाचनको लाइनमा पसिसक्नुपर्ने नियम रहेको निर्वाचन आयोगका सचिव दिपक खतिवडाले बताउँनुभयो ।
अध्यक्ष उपाध्यक्ष सहित मेजर ६ पदका लागि एक जना स्वतन्त्र सहित १३ उम्मेद्धार निर्वाचनमा सहभागि रहेका छन ।
निर्वाचन पछि आजै मतगणना गरि रातीनै नजिता घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ । सक्ताशीन पार्टी नेकपा सहित राप्रपा नेपाल र लिम्बुवानविच चुनावी तालमेल गरिएको विनोद रानाको नेतृत्व तथा कांग्रेसका पूर्वअध्यक्ष ख्यामराज सिटौलाको नेतृत्वविच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कनकाई नगरपालिकाकै यस सिजनको पहिलो निर्वाचन भएकोले केन्द्रिय नेताहरुको समेत जमघट देखिएको निर्वाचन हेर्न लायकको देखिएको छ । निर्वाचन परिषरविच ठुला नेता तथा कार्यकर्ताको बलियो उपस्थिति रहेको छ भने सुरक्षा व्यावस्था समेत दह्रो बनाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायक निरिक्षक पदमसुन्दर राईले कनकाई अनलाईनलाई बताउँनुभएको छ ।