कनकाई अनलाईन्
शिवसताक्षी,मंशीर १२,संस्थागत विधालयका प्रधानाध्यापकहरुको बैठक शुक्रवार दुधेस्थित राष्ट्रिय रमणीय मा. वि मा शिवसताक्षी नगरपालिक शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सुरेन्द्र दाहालको नेतृत्वमा सम्पन्न भएको छ । बैठकमा शिक्षा युवा तथा खेलकुद शाखा, शिवसताक्षीका प्रमुख सुरेन्द्र दाहाल, प्रदेश नं १ प्याब्सन उपाध्यक्ष मिलन ढु ्गाना, प्याव्सन शिवसताक्षी नगर अध्यक्ष अमृत तिम्सिना लगायतको उपस्थिति थियो ।
कोभिडका कारण अस्तव्यस्त बनेको देशको शिक्षा र नीजि विद्यालयका लगानीकर्ताहरुले झेल्नुपरिरहेको विषम परिस्थितिमाथि मन्त्रालयस्तरीय पछिल्लो विद्यालय सञ्चालन कार्यढाँचा माथि छलफल भएको थियो । यसअघि शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को कार्यान्वयन सम्बन्धि समीक्षा पनि भएको थियो । यसअघिको विधार्थी सिकाइ सहजीकरण निर्देशिका कार्यान्वयनका विभिन्न व्यावहारिक कठिनाइहरु रहेको जस्तै सबै अभिभावक विधार्थीका पहुँचमा इन्टरनेट नभएको, टोलमा गरिने सिकाइ केन्द्रमा फरक फरक तहका विद्यार्थीहरु पनि एउटै केन्द्रमा समायोजन गर्नुपर्ने भएकाले शिक्षक परिचालन तथा सिकाइमा अपेक्षाकृत उपब्धि हुन नसकेको प्रतिकृया बिसी मेमोरियल स्कूलका प्रिन्सिपल सूर्य कुईकेलले व्यक्त गरे ।
सरकारले उपत्यकाभित्रका सुविधासम्पन्न वर्गका अभिभावक र विधार्थीहरुमात्र देखेको त्यसै अनुसार मात्र पटकपटक निर्देशिका मात्र जारी गर्ने तर उपत्यका बाहिर पनि फरक फरक वर्गका विद्यार्थी र अभिभावकहरु छन् भन्ने बुभ्mन नसकेको र प्रष्ट दिशानिर्देश तथा नीतिगत पहल गर्न नसकेकाले मारमा परेका नीजि विद्यालयहरु कहिल्यै संवोधन गर्न नसकेको बारे सहभागी प्रिन्सिपलहरुले गुनासो व्यक्त गरेका थिए । नगरशिक्षा प्रमुख दाहालले पछिल्लो विद्यालय सञ्चालन ढाँचाका बारेमा सहजीकरण गर्दै नगरपालिका शिक्षा शाखाको तर्फबाट नीजि विद्यालयहरुलाई अपूmले गर्नसक्ने सहयोग गर्न कहिल्यै पछि नपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । बैठकमा प्याब्सन प्रदेश उपाध्यक्ष १ नं प्रदेशका मिलनकुमार ढु ्गाना र शिवसताक्षी प्याब्सन नगरअध्य अमृत तिम्सिनाले आप्mना विचार राखेका थिए ।