आजको पञ्चांग
मितिः २०७७ मंसीर १२, शुक्रवार
इ.संः २०२० नोभेम्बर २७
नेपाल संवतः ११४१ (कछलाथ्व)
प्रमादीनाम संवत्सर
चन्द्रमाः मेष राशीमा
तिथीः द्धादसी
पक्षः कार्तिक शुक्लपक्ष
नक्षत्रः अश्विनी
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः३५
पर्व दिवस – मुहूर्त साइत
पसल खोल्ने
आजको राशीफल, शुक्रवार, १२ मंसीर, २०७७
मेषः भााग्योदयको समय छ । अन्नलाभ हुनेछ । शरीर पुष्ट र
बलियो रहनेछ । मिष्ठान्न भोजन मिल्नेछ ।
वृषः आज सुखपूर्वक दिन व्यतित हुनेछ । स्थीर सम्पत्तीको सुखभोग
प्राप्त होला । आजको दिन गरेको लेनदेन फलदायी हुनेछ ।
मिथुनः आजको दिन परीक्षा प्रतियोगीतामा सफलता हात लाग्ने
निश्चित छ । नसोचेको रकम हात लाग्ला । सुख वढ्नेछ ।
कर्कटः आज पेट सम्बन्धि समस्याले सताउला । मनमा चिन्ता तथा भय
रहने देखिन्छ । तर मानसम्मान कायम रहला ।
सिंहः सुखमा बढोत्तरी हुनेछ । योजनाहरु पूर्ण भएर जानेछन् ।
रोगहरुबाट छुटकारा मिल्नेछ । शुभ समय छ ।
कन्याः वित्तीय क्षेत्र सबल रहनेछ । आर्थिक आम्दानीको पाटो
सन्तोषजनक छ । आरोग्यता प्राप्तिको दिन छ ।
तुलाः आज नगद, धन द्रव्य आदि प्राप्त हुनेछ । सुखप्राप्ति होला ।
प्रेम जीवनमा मधुरता छाउला ।
वृश्चिकः आठौँ चन्द्रमाका कारण आज चोट तथा दुर्घटनामा परिने
भय रहेकाले सवारी चलाउँदा सावधानी अपनाउनुहोला ।
धनुः आज मानसम्मान प्राप्त हुनेछ । राज्यप्रदत्त सुखसुविधा
उपभोग गर्न पाइएला । स्वास्थ्य सम्बन्धि चिन्ताबाट मुक्त
भइएला ।
मकरः मित्र तथा वन्धुवान्धवहरुको सहयोग मिल्नेछ । दैनिक
कामहरुमा सफलता मिल्नेछ । शुभ र सुखदायक समय छ ।
कुम्भः मन प्रशन्न रहनेछ । धनलाभका विविधमार्गहरु फेला
पर्नेछन् । गुमेको धन समेत प्राप्त होला ।
मीनः आज स्वस्थ्य चिन्ताले सताउला । औषधोपचारमा धन खर्च होला
। आर्थिक संकटले गाँज्ने देखिन्छ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”


