जामुनवारी सामुदायिक वन समुहको आउदो मंसिर १३ गतेको निर्वाचन आउन अब केहि दिन मात्रै बाकी छ । यस चुनावमा प्रगतिशील विकासप्रेमी प्यानल बनाएर युवा नेता विनोदराना मगर निर्वाचनमा होमिनुभएको छ । अंग्रेजी साहित्यमा एमए सम्म अध्यान पूरा गर्नुभएका युवा नेता रानामगरसग हाम्रा कनकाई अनलाईनका प्रधान सम्पादक केशव चापागाईले आजै मात्र कुराकानी गर्नुभएको थियो ।
१) तपाई माननीय हिरा थापाज्युको पिए, अंग्रेजी साहित्यमा एमए सक्नुभएको युवा एउटा ट्राभल्स एजेन्सी खोलेर बस्दा पनि महिनामा लाख रुपैँया कमाउन सक्ने मान्छे, तपाइका उमेरका युवाहरु युरोपमा भासिरहेका छन तपाईभने किन वनको अध्यक्षमा निर्वाचनमा होमिनुभएको हो ?
पहिलो कुरो त, म यस सामुदायिक वन समुहको म सचेत युवा र उपभोक्ता पनि हु । यो पछिल्लो ३ बर्षमा यस सामुदायिक वन समुह यतिविध्न रिऋणमा भासियो कि यो सबै मैले टुलुटुलु हेरेर बस्नै सकिन । दोस्रो कुरा म माननीयको स्वकीय सचिव हुदापनि धेरै विकास बजेट बिनियोजन गरियो तर यो हालको पुरानो कार्यसमितिले धेरै विकास बजेटहरुको रकम काम नगरेर फ्रिज बनाउने काम भयो । म पनि यस जामुनवारी सामुदायिक वन र सिमसारको विकासमा प्रत्यक्ष अप्रत्यक्ष जोडिने काम म पहिलेपनि गर्दै आएको हु र छु । यो पछिल्लो ३ बर्षको कार्यकाललाई मुल्याङ्गन गर्ने यो भने यो सामुदायिक वन मृत अवस्थामा पुर्याउने काम भएको छ । यस क्षेत्रलाई पुरानै जामुनवारी सामुदायिक वन र जामुनखाडी सिमसार क्षेत्रको रुपमा फर्काउन वृहत गुरुयोजना निमार्ण गरि झापाको मात्रै नभई नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य र जंगली जनावरको सुरक्षित बासस्थानका रुपमा यसको रक्ष ागर्नका लागि पुरानो टिम असफल भइसेकोले बाध्य भएर मेरो नेतृत्वमा नयाँ पुरानो टिम सम्मिलित यस प्यानलको निर्माण भएको हो मलाई विश्वास गरेर अध्यक्ष पदमा यस क्षेत्रका उपभोक्ताले निर्वाचनमा उठाउनु भएको छ म यस निर्वाचन हारजित जे भएपनि म यस संस्थालाई अगाडि वढाउनका लागि सदा लागिपर्ने छु । तपाईले सोध्नुभएको वैदेशिक पलायानको कुरामा म मात्रै नभएर यस क्षेत्रका लाखौ युवालाई यही माटोमा काम गर्ने वातावरण मिलाउनुपर्छ भन्ने मेरो अठोट छ यसकारण पनि मैले रोजगारीको श्रृजना गर्ने हो म आफै विदेश पलायान हुने होईन यसकारण मेरो उम्मेद्धारी परेको हो ।
२)तपाईका भावी कार्यक्रमहरु के छन ??
्हामीले प्रगतिशील विकास प्यानलको तर्फबाट आफ्नो प्रतिवद्धता पत्रमा समेत उल्लेख गरिसकेका छौ यी वाहेक पनि म केहि आफ्ना तर्फबाट तपाईसामु मेरा र मेरा प्यानलका घोषणा प्रतिवद्धता सार्वजनिक गर्न चाहन्छु । सामुदायिक वन तथा सिमसारले आफ्ना निति तथा कार्यक्रम निर्माण गर्दा तिन तहको बजेट निनियोजन गर्नुपर्दछ । पहिलो वन विकासमा २५ प्रतिशत गरिबी निवारणमा ३५ प्रतिशत र स्थानीय सरकारसग समन्वय गरेर विकास निर्माणमा बाकी रहेको रकम खर्च गर्नुपर्ने व्यावस्था विधान र कार्ययोजनामा रहेको हुदा सोही बमोजिम भावी कार्यक्रमहरु निर्धारण गरिने छ । म लगायात मेरो टिमले निर्वतमान कार्यसमितिलाई आलोचना गर्नुभन्दा पनि जामुनवारी सामुदायिक वन तथा सिमसार पर्यटकिय क्षेत्रको स्थापना गरी देश विदेशमा चिनाउने पुर्व अध्यक्ष परशुराम गिरीले हस्तानतरण गर्दा सिमसार जे जस्तो अवस्थामा थियो आज त्यो आज रहेन किन ? मृगस्थलीमा रहेका मृग घट्दै जानु, हिजो थालिएका गरिबी निवारण सम्बन्धि कार्यक्रम, महिला सिपका कार्यक्रम लगायात सवै उपभोक्ताहरुलाई घरघरमा सोलार बत्ती बितरण गर्ने काम लगायात गरिब उपभोक्ताहरुलाई सुत्ने खाट सम्म बितरण गर्ने काम पुर्व अध्यक्ष परशुराम गिरीज्युको पालामा भएको थियो । तिनै कार्यलाई निरन्तता दिदै उपभोक्ताहरुमा गरिबी निवारण सम्बन्धि कार्य गर्न मेरो टिम स्पष्ट योजनाका साथ अगाडि बढेको छ । यसरीनै स्थानीय सरकारसग समन्वय गरि साना, मध्यम स्तरका विकास निर्माणका कार्यलाई समेत अगाडि बढाउने गरिका योजनाहरु मेरो टिमसग छ ।
३) संस्थाले ठुलो करोडौको ऋण बोकेको छ, यस्तो अवस्थामा कसरी संस्थालाई हाक्ने आट गर्नुभएको छ ?
एउटा घर चलाउन समेत स्पष्ट योजना र परिवारका सदस्यसग घरमुलीले सल्लाह गरेर मात्रै अगाडि वढ्नुपर्छ । यो संस्था त ८ सय ५० घर परिवारको संस्था हो । अगाडिको कार्यसमितिले उपभोक्तासग सल्लाह समन्वय नगरि अगाडि बढेको हुदा संस्थाकै हविगत यो हुनपुगेको हो । म तपाईको मिडियामार्फत के अनुरोध गर्न चाहन्छु भने मेरो टिमले आम उपभोक्ता , स्थानीय तथा तिनै तहका सरकारसग सल्लाह र समन्वय गरेर अगाडि वढ्न् छु । साथै वृहत योजना बनाई स्थानीय प्रदेश र संघिय सरकारमा योजना पेश गरि विभिन्न शीर्षकमा बजेट विनियोजन गराई वनसमुहलाई पर्यापयटकिय स्थलका रुपमा थप व्यावस्थि तगर्दै आम्दामीको वातावरण बनाएर घाटा परिपूर्ति गर्ने हाम्रो टिमको योजना छ जुन पुरा हुनेछ ।
४) तपाई यस क्षेत्रको सचेत उपभोक्ता तपाईजस्ता युवाले पुरानो समितिले काम गरेन मात्रै भनेर पन्सिन मिल्छ ?
होइन म कहाँ पन्सिएको छुर ? तपाईले सिमसारमा बाल रेल, बाल उद्यान देख्नुभएकै छ । त्यो कनकाई नगरपालिकाले बजेट विनियोजन गरेर स्थापना गरेको हो । भने मृगस्थली पार्कमा ओछ्याइएको ब्लकको बजेट प्रदेश सरकारबाट विनियोजन गरिएको हो , यस सबै कुराको साक्षी आम उपभोक्ता समेत रहेका छन । यस क्षेत्रका माननीय सांसद हिराकुमार थापाको पहलमा यस बर्ष मात्रै सिमसारमा छुट्टाइएको ठुलो रकम यस कार्य समितिले कामै नगरि फिर्ता पठायो हामीले अरु क्षेत्रसग लाप्पा लडाई गरेर ल्याएको बजेट यस कार्यसमितिले कामै नगरेर फिर्ता पठाएको छ अनि यस सामुदायिक वनलाई यत्रो रिऋमा डुबाएको छ, यसमा मेरो पहलले पनि फेल खाएकै हो । बिरामीले औषधि नखाएपछि कसरी रोग निको हुनु र ? यस उपभोक्ता समितिले आम उपभोक्तासग र तीनै तहका सरकारसग समन्वय पहलकदमी गर्न नसक्दा मेलै उम्मेद्धारी दिनुपरेको हो ।
५) तपाईहरुको जम्बो टोलीले त झन यस अगाडिको कार्यसमितिलाई काम गर्नमै बाधा पो पुर्याउनुभयो सम्मको आरोप छ नि ?
हास्दै ! पट्टक्कै होईन यो त कुनै आरोप लगाउने विषयवस्तुनै नपाएर लगाएको हल्का आरोप मात्रै हो यसमा कुनै सत्यता छैन । म र मेरो टिमले असयोग गरेको भए यसरी करोडौको बजेट कसरी वनमा आउँछ । खर्च गर्न नसक्नु सरकारको अनुदान भन्दापनि सामुदायिक वन ब्याजमा पैसा खोजेर चलाउन खोजेपछि यस्तै आरोप नलगाएर के गर्नु र ? हामीले वन समुह रिऋण डुब्यो कम्तीमा यस क्षेत्रका सचेत उपभोक्तासग समन्वय गरौ । सरकारसग समन्वय गरौ भनेर स्मरणपत्र बुझाउदैमा असयोग गरो भनेर आरोप लगाउन पाइन्छ र हामीले सम्पुर्ण वन समुहका कार्य समिति र आम ८ सय ५० घरपरिवारलाई फाइदा र हितका लागि स्मरणपत्र बुझाएका थियौ तर पुरानो कार्यसमितिले यस कुरालाई कसरी बुझ्यो यो म भन्न सक्दिन ।
हामीले लिखित र मौखिक रुपमा पनि दिएको सल्लाहलाई वेवास्ता गर्दा पेलेर जादा आज देशकै प्रतिष्ठित दुई दुईवटा पुरस्कार पाएको यस सामुदायिक वनको हविगत हेरौ न कस्तो भएको छ । यस वारेमा जो कोही सचेत उपभोक्ताको आखामा आशु बगिरहेको छ यस्तो बिग्रिएको स्थिति टुलुटुलु हेरेर मात्रै मैले बसिरहन सकिन र हुदा छदैको जागिर पनि हापेर म यस सामुदायिक वनको अध्यक्षमा उम्मेद्धारी दिएको हो । जागिर खानका लागि व्यापार गर्नका लागि अझैपनि मसग उमेर र क्षमता छ तर वन बिग्रिएको टुलुटुल हेर्ने मसग समय छैन यस कुरामा मलाई आम उपभोक्ताले साथ र सहयोग पक्कै दिनुहुने छ ।
६)तपाईको टिमको चुनाव जित्ने आधार चाहि के हो ?
म लगायात मेरो यस सिङ्गो टिमलाई एक पटक हेर्नुहोस कोहीपनि पदाधिकारी नाम र दामका लागि नभएर सिङ्गो सिमसारको हित चिताउने कार्यसमिति छ । दोस्रो कुरा हामीसग एजेण्डा छ जुन पुरानो समिति सग छैन । सरकारबाट ल्याएको बजेट खर्च गर्ने नसक्ने अनि कोरोना कोरोना भन्दै पन्सन मिल्छ र ? कोरोना त चैत्र ११ पछि देखिएको होइन । यस अघिको गेट मनि हेर्दा मात्रै पनि सबैलाई छलङ्ग हुन्छ । चरणमा रहेका मृगको सङ्ख्या एकाएक घटदैन जनावारको संरक्षण भन्नु अनि सबै भकाभक मरेपछि कसरी संरक्षण हुन्द कसरी दातृ निकायको सहयोग पाइन्छ कसरी पर्यटक आउलान र खै ??
यी सबै कारणबाट म मेरा गुरु पनि रहनुभएका प्रतिस्पर्धीसग कुनै ठोस योजना पनि नरहेको हुदा म र मेरा टिमले पक्कैपनि बिजय हासिल गर्ने छ । हाम्रो बिजयपछि उहाँहरुले हामी र इतर पार्टी र समुहसग कुनै सल्लाहनै नगरि एकतर्फि र मनलाग्दी हिसाबले जसरी वन समुह चलाउनुभएको छ । यसको ठिक उल्टो हाम्रो समितिले उपबिजयी हुने टिम र आम उपभोक्ताहरुको सल्लाह सुझाव लिएर मात्रै वन समुह हाक्ने छौ । यसमा समेत म सबैसग प्रतिवद्धता जनाउन चाहन्छु ।
प्रस्तुती ः केशव चापागाईँ