सुरुङ्गा,मंशीर ११।झापा गाउँपालिका-६ का थप २ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखीएको छ।यो संगै झापा गाउँपालिकामा सकृय संक्रमितको संख्या ४९ पुगेको छ।त्यस्तै कनकाई नगरपालिका-१,३,६,९ का ३ महिला र ४ पुरुष सहित आज झापामा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिकाका ३ महिला र १२ पुरुष रहेका छन।विर्तामोडका ७ महिला र ७ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादहका १ जना,मेचीनगरका ६ जना,भद्रपुरका ४ जना,अर्जुनधाराका ८ जना,बुद्दशान्तीका ३ जना,कमलका २ जना,शिबसताक्षीका ४ जना र अन्य ८ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै आज झापा जिल्लामा कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन।मृत्यु हुनेहरुमा बिर्तामोड-८ का ७८ वर्षिय पुरुष र शिबसताक्षी-९ का ७२ वर्षिय पुरुष रहेका छन।यो संगै झापा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५ पुगेको छ।
स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार आज सम्मका कुल संक्रमित संख्या ३६४० रहेको छ र निको हुनेको संख्या २३९५ रहेको छ।