Kanakai Online

जामुनवारी सिमसारमा कस्ले मार्ला बाजी


बिहिवार, मंसिर ११, २०७७ |

कनकाई अनलाईन

पूर्वकै एकमात्र जंगली जनावारको संरक्षण र उद्धारको समेत जिम्मेवारी पाएको पर्यटकिय क्षेत्र जामुनवारी सामुदायिक वन समुह तथा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रको निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेद्धारहरु घरदैलोमा व्यस्त बनेका छन ।
प्रमुख पदाधिकारी ६ पदका लागि आगामि मंसिर १३ गते हुने निर्वाचनमा १३ जनाले उम्मेद्धारी दर्ता गरेर प्रचारमा जुटेका छन । यस निर्वाचनमा नेकपा, राप्रपा नेपाल र लिम्बुवानविच चुनावी तालमेल गरेर तथा नेपाली कांग्रेसले एकल प्यानल बनाएर निर्वाचनमा उत्रिएको छ । कांग्रेसबाट उम्मेद्धारी दिएका ख्यामराज सिटौला यसअघिका अध्यक्ष पनि हुन भने नेकपा र अन्य दल सम्मिलित प्रगतिशील प्यानलबाट उम्मेद्धारी दिएका विनोद रानामगर यस क्षेत्रका उर्जाशील युवा हुन । यी दुबैले आआफ्नो प्यानल खडा गरेर उम्मेद्धारी दिएपनि यसअघिका उपाध्यक्ष सुमन श्रेष्ठले पनि सोहि पदमा स्वतन्त्र उम्मेद्धारी दिएर प्रतिस्पर्धामा निस्किएका छन ।
दुई प्यानलविचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको निर्वाचनमा विनोद रानाको प्यानलले पुरानो कार्यसमितिले सरकारबाट सहकार्य गरेर छुट्टाएको रकम ल्याउन नसकेको, संरक्षण क्षेत्रमा रहेका जंगली जनावारको सुरक्ष ागर्न नसकेको , पर्यटकको सङ्ख्या घटाएको लगायातको आरोप लगाउदै आएको छ भने यता पुरानो कार्यसमिति सिटौलाको प्यानलले भने य ीआरोपहरुको खण्डन गर्दै आएको छ । सिटौला प्यानलले आफुहरुलाई जामुनवारी सामुदायिक वन र पर्यापर्यटनको विकासका लागि आफ्नो प्यानलको जित अनिवार्य भएको बताउँदै आउको छ । वनमा काम नहुनुमा कोरोना कहर र उपभोक्ताको असयोग मुख्य कारण भएको सिटौला प्यानलको भनाई छ ।
प्रगतिशील प्यानलबाट उपाध्यक्षमा बिष्णु ओली र दिलिप राई रहेका छन भने सचिवमा सिर्जु खरेल सहसचिवमा पुजन बाह्रकोटी र कोषाध्यक्षमा बिदुर खड्का रहेका छन । यता ख्यामराज सिटौला प्यानलमा उपाध्यक्षमा डबलबहादुर भण्डारी र बुद्धिमान बोहोरा, सचिवमा मनिता राई, सहसचिवमा बबिता गिरी र कोषाध्यक्षमा यशनाथ अधिकारीलाई अगाडि सारेको छ । सिटौला प्यानलमा मनिता राई,बुद्धिमान बोहोरा र बविता गिरी पुरानै प्यानलमा रहेका थिए भने मगरको प्यानलमा दिलिप राई यसअघि उपाध्यक्षमै रहेका थिए ।
यता स्वतन्त्र रुपमा उपाध्यक्षमा सुमन श्रेष्ठले समेत उम्मेद्धारी दिएका छन । उनी पुराना कार्यसमितिमा समेत उपाध्यक्ष थिए । सामुदायिक वनमा कुल ८ सय ३० मतदाता रहेका छन ।

सम्बन्धित खबर