शरणामती,मंशीर ११।झापा गाउँपालिकाको वडा नम्बर ६ मा आंशीक लकडाउन गरिएको छ।आज वडाध्यक्ष हरिबहादुर बानियाँको अध्यक्षतामा बसेको वडा स्तरिय बिपद ब्यबस्थापन समितिको भेलाले उक्त निर्णय गरेको हो।
भेलाले कोभिड-१९ को जोखिमलाई नियन्त्रण गर्न २०७७/८/१२ देखि २०७७/८/१९ गते मध्य रात सम्म वडा ६ भित्र अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय,बित्तिय संस्था,हाट बजार,पसल,संघ संस्था तथा शैक्षिक संस्थाहरु बिहान ११ बजे सम्म मात्र खुल्ला रहने निर्णय गरेको छ।उक्त समय पश्चात् तोकिएका क्षेत्रहरु बन्द रहने र यो निर्णय कडाइका साथ पालना गर्न गराउन अनुरोध गरिएको वडा सचिव पुर्णचन्द्र मैनाली कनकाई अनलाइनलाई बताए।
हिजो एकै चोटि झापा गाउँपालिकामा ३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ आएको थियो।जसमा झापा गाउँपालिका-६ का ७ महिला र ९ पुरुषमा संक्रमण पोजेटिभ देखिएको थियो।