कनकाई अनलाईन
झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुर्बकुमार शिवाकोटी लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आउनुभएका नगर प्रमुख शिवाकोटीको पीसिआर रिपोर्ट आज (शनिबार) पोजेटिभ आएको हो ।
स्वांव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीमा संक्रमणको लक्षण भने हालसम्म नदेखिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
यस अघि नगरप्रमुख शिवाकोटीको श्रीमतीलाई समेत कोरोना संक्रमण देखिएसँगै उहाँको पनि पिसिआर चेक गरिएको हो ।