Kanakai Online

कनकाईमा चुनावी चटारो


शुक्रवार, मंसिर ५, २०७७ |

सम्पादकिय

कनकाई नगरपालिका क्षेत्रमा कोरोना महामारीका बिच चुनावी पर्व सुरु भएको छ ।
भीडभाड र सार्वजनिक कार्यक्रम कोरोना महामारीमा बर्जित भएपनि छिमेकी मुलुक भारत र विश्वकै शक्तिसम्पन्न मुलुक अमेरिकामा समेत कोरोना महामारीकै विच चुनाव सम्पन्न भएपछि यहाँपनि चुनावी मिति तोकेरै प्रचार सुरु भइसकेको छ । देशकै प्रमुख पर्यटकिय क्षेत्र समेत मानिने जामुनवारी सामुदायिक वन समुहमा समेत आगामी मंसिर १३ गते निर्वाचन हुदै छ । यहाँ शक्ताशील पार्टी नेकपा, राप्रपा र लिम्बुवान पार्टीविच समिकरण हुदा नेपाली कांग्रेसले समेत आफ्नो एकल प्यानल बनाएर प्रचारमा निस्किएको छ ।

यसपछि यहाँका सबै वनसमुहहरु प्रजापति, सुकेडाँगी, कनकाई र अन्य संघ संस्थाहरुपनि निर्वाचनमा होमिन तयारी अवस्थामा रहेका छन । यस क्षेत्रको सहकारी भगवतीले समेत निर्वाचनको कार्यतालिका सार्बजनिक गरिसकेको छ । यी सबै वन समुह लगायातका संघ संस्थामा निर्वाचन हुने निश्चित छ । अघिल्लो सहज परिस्थितिमा समेत सबै क्षेत्रमा निर्वाचन भएकै हो । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष पनि हो । यसलाई लोकतान्त्रिक अभ्यासको सुन्दर नमुनाका रुपमा लिन र प्रयोग गर्नसक्नुपर्छ । निर्वाचनमा पछिल्लो समय आर्थिक र वाहुवलीको प्रधानता र आफ्ना एजेण्डा र दृष्टिकोण गौण हुने गरेको पाइएको छ । यसबाट लोकतन्त्रको सुन्दर नमुना मानिने निर्वाचनको परिचय फेरिने पो हो कि भन्ने चिन्ता उठेको छ । मतदाताहरुले पनि निर्वाचनका वेला उठ्ने एजेण्डालाई सहि गलत मुल्याङ्गन गर्ने सुविधा पाउनुपर्छ जसबाट भोली उठ्ने र चुनिने उम्मेद्धारको भाषणममा मात्रै नभएर व्यावहारलाई सहि गलत छुट्टाउन सजिलो हुनका लागि यस क्षेत्रका नागरिक समाजले उसको विगत र वर्तमान पहिल्याएर मात्रै निर्वाचित हुने मौका दिन सकेमात्रै यसबाट सम्बन्धित संस्थाको हित र गरिमा बढ्न सक्छ ।

सम्बन्धित खबर