कनकाई अनलाईन
जिल्लामै पहिलोपटक कनकाई नगरपालिकाका पशुकृषकलाई नगरपालिकाले पशुबिमा वापतको आधा रकम नगरपालिकाले ब्यर्होने भएको छ ।
यसबाट कनकाई नगरपालिकाका ९ बटै बार्डका सबै पशुकृषक लाभान्वित हुने भएका हुन । कनकाई नगरपालिकाका सबै वार्डहरुमा यस कार्यक्रम लागु भइरहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । कनकाई नगरपालिका ९ नम्बर बार्डबाट सुरु भएको यस कार्यक्रम कनककाई नगरपालिकाको ४ नम्बर बार्डलगायातमा सुरु भइसकेको समेत पोखरेलले बताउँनुभयो । पशुविमा कार्यक्रममा सहभागि हुनका लागि प्रत्येक कृषकले ५ प्रतिशत रकम हरेक बर्ष तिर्नुपर्ने हुन्छ त्यस ५ प्रतिशत रकमको ७५ प्रतिशत रकम संघिय सरकारले व्यहोदै आएको छ, बाकी २५ प्रतिशत रकमको आधा रकम कनकाई नगरपालिकाले व्यर्होने भएको हो । अब कनकाईका कृषकले विमा रकम लागतको साढे १२ प्रतिशत रकम मात्रै व्योहोर्दा हुने भएको छ । यसका लागि कनकाई नगरपालिकाले सयै आर्थिक बर्षमा खर्च गर्ने गरि २० लाख रुपैँया छुट्टाएको समेत नगरप्रमुख पोखरेलले बताउँनुभयो । अब कम्तीमा पनि कनकाईका पशुकृषकले आफ्ना घरपालुवा पशु चौपायहरु थुनिलो भएमा क्षतिको प्रतिशत हेरेर र चौपाय मरेमा सतप्रतिशतसम्म रकम पाउने बातावरण बनेको हो । यस कार्यक्रम अन्र्तगत कनकाई नगरपालिकाक्षेत्रमा १५ करोड रुपैँया बराबरको पशुधनको पशुबिमा गर्ने तयारी गरिएको नगरप्रमुख पोखरेलको भनाई छ ।
फोटो ः कनकाई नगरपालिकाका प्रमुख पोखरेल पशु बिमा उद्घाटन गर्दै