कनकाई अनलाईन
कोरोना संक्रमित एक ७३ बर्षिय बृद्धको फेरि मृत्यु भएको छ । कनकाई नगरपालिका ३ का त्यी बृद्धको घरमै निधन भएको हो । उनलाई नेपाली सेनाको टोलीले कनकाई माईमा सलामी सहित अन्तेष्टी गरेको छ । यो सगै कनकाई नगरपालिकामै कोरोना संक्रमित मृतकको सङ्ख्या ६ पुगेको छ ।
कनकाई नगरपालिका ६ मा समेत एक जनामा कोरोना संक्रमित भेटिएको छ । कनकाईका नौ वटा वार्डमध्ये ६ नम्बर वार्डमा हालसम्म कोरोना भेटिएको थिएन । कनकाई नगरपालिका ६ की ६६ बर्षिय एक महिलामा कोरोना देखिएको हो । आजै कनकाई ३ का थप दुई जनामा समेत कोरोना पुष्टि भएको छ । कनकाई ३ का ७० बर्षिय र ४० बर्षिय पुरुषमा कोरोना देखापरेको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताउँनुभयो । हाल कनकाईमा कोरोना संक्रमितको सङ्ख्या १५३ जना र सक्रिय संक्रमितहरुको सङ्ख्या २९ जना रहेको समेत अधिकारीले बताउँनुभयो ।
Trending
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो