कनकाई अनलाइन
शरणामती,मंसिर ४।झापा गाउँपालिकामा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापा गाउँपालिका-७ बस्ने ७२ वर्षिय कडेल थरका वृद्धको मृत्यु भएको हो ।
उनलाई फोक्सोमा समस्या भएपछि नोवेल हस्पिटल विराटनगर उपचारको लागि लगिएको थियो ।पिसिआर परिक्षण गर्दा उनको शरिरमा कोरोना संक्रमण पोजेटिभ देखिएपछी उनलाई डिस्चार्ज गरी होम आईसोलेसनमा राखिएको थियो । उनको आज विहान १० वजे घरमै मृत्यु भएको स्थानिय प्रेम सिटौलाले कनकाई अनलाइनलाई बताए।
मृतक नेपाली कांग्रेसका क्षेत्र नं-४ का क्षेत्रीय सचिव शिव कडेलका काका रहेका छन।कडेलले सामाजिक संजालमा कोरोनाका कारण काकाको मृत्यु भएको उल्लेख गर्दै काकालाई श्रन्दान्जली व्यक्त गरेका छन।हाल सम्म झापा गाउँपालिकामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।