Kanakai Online

कनकाई समाचार प्रभाव बालनिकुञ्जले शुल्क घटायो


बिहिवार, मंसिर ४, २०७७ |

कनकाई अनलाईन
कनकाई साप्ताहिक र कनकाई अनलाईनले यहाँस्थित बालनिकुञ्ज माविले विद्यार्थीसग एसईईको चारित्रिक प्रमाणपत्र वापत मनोमानी शुल्क असुलेको समाचार प्रकाशन गरेपछि विद्यालय पछि हटेको छ ।
यस बारेमा नेपाल बिद्यार्थी संघले बिद्यालयमा महगो शुल्क फिर्ता गर्न माग गर्दै बिद्यालयमा ताला समेत लगाएको थियो । यस वारेमा नेपाल विद्यार्थी संघ झापा र शिवसताक्षी– १० स्थित बालनिकुन्ज माविको विद्यालय व्यवस्थापन समितिबीच सहमति भएको हो । चारित्रिक प्रमाणपत्रको चर्को शुल्क लिएको भन्दै बालनिकुन्ज माविमा नेविसंघले मंगलबार तालाबन्दी गरेको थियो ।

बुधबार नेपाल विद्यार्थी संघ र बालनिकुन्ज माविको विद्यालय व्यवस्थापन समितिबीच एक हजार रुपैयाँभन्दा बढी चारित्रिक प्रमाणपत्रको शुल्क नलिने सहमति भएको नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताए ।

सरकारले सामुदायिक विद्यालयहरुमा कुनै पनि शुल्क नलिई शिक्षा प्रदान गर्न र चारित्रिक प्रमाणपत्र बनाउँदा २ सयदेखि ५सय रुपैयाँ मात्र शुल्क लिन भनिरहँदा बालनिकुन्ज माबिले मनोमानी ढंगले ४ हजार रुपैँया शुल्क लिँदै आएको थियो ।

सम्बन्धित खबर