बिर्तामोड, मंसिर ३ गते । सरकारका संस्कृति नागरिक उड्यान तथा पर्यटन मन्त्री योगेश भट्टराईले नेकपामा देखिएको समस्या कोरोना नभएर मौसमी फ्लुमात्रै भएकोले समयसगै पार्टीभित्रको समस्या निकाकरण भएर जाने ठोकुवा गर्नुभएको छ ।
पार्टीका स्थायी कमिटी सदस्य समेत रहनुभएका मन्त्री भट्टराईले प्रेस संगठन नेपाल झापाको सपथ ग्रहण कार्यक्रममा बोल्दै नेकपामा मंगलवार राती र बुधवार विहानसम्म १०५ डिग्रीको ज्वरो आएको तर बुधवार दिउसोबाट पुर्ण स्वास्थ्यमा क्रमिक सुधार आइसकेकोले कोहिपनि यसबाट नआत्तिन आग्रह गर्नुभयो । अझैपनि पार्टीको स्वास्थ्यमा देखिएको समस्या पुर्णलय समाधान नभइसकेको भन्दै यस पार्टीलाई पेट्रोल छर्किने कि पानी हालेर जीवन्तता प्रदान गर्ने भन्ने सबै कुराको छिनोफानो पार्टी कार्यकर्ताको हातमा रहेको भन्दै नेतालाई उक्साउने हिसावले कोही कसैले पनि सामाजिक संजालमा टिका टिप्पनी नर्गन समेत सुझाव दिनुभयो । नेता भट्टराईले पार्टीको जगभ नेकै कार्यकर्ता भएको र नेकपाका लाखौ कार्यकर्ताको जग भुकम्प प्रतिरोधी समेत भएकोले सानातिना झोक्काले भत्काउन नसक्ने भन्दै पार्टीका शीर्ष नेता गजुर जति हल्लिएपनि जगद ह्रो बसालेकाले त्यो स्थायी हुने समेत बताउँनुभयो ।
उहाँले पार्टीका शीर्ष नेताले सानातिना स्वार्थ र क्रियाकलापबाट पछि हटनुको बिकल्प नरहेको समेत बताउँनुभयो । नेता भट्टराईले हाल नेपालका ठुला भनिएका मिडिया क्षेत्र ठुला पुजिपति बर्गकै हातमा रहेकोले सोही बर्गको मात्रै पक्षपोषण गरिरहेको भन्दै जनताका आवाजलाई मुखरित गर्नका लागि नेकपा पक्षिय पत्रकारहरुले आफ्ना पेशागत र बैचारिक सिद्धान्तलाई एकसाथ अगाडि लिएर जानुपर्ने बताउँनुभयो । कार्यक्रममा प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौड्याल लगायात ३९ सदस्यीय कार्यसमितिलाई संगठनका प्रदेश कमिटि संयोजक राजन केडिले पदको सपथ खुवाउनुभएको थियो ।