Kanakai Online

झापा गापाका १ सहित झापामा आज ३० जनामा कोरोना संक्रमण,४ को मृत्यु।


बुधवार, मंसिर ३, २०७७ |

सुरुङ्गा,मंशीर ३।झापा गाउँपालिका-६ का एक पुरुष सहित आज झापामा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिकाका ३ महिला र २ पुरुष रहेका छन।विर्तामोडका २ महिला र ६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादहका २ जना,अर्जुनधाराका २ जना,कमलका २ जना,शिबसताक्षीका १ जना, भद्रपुरका ९ जना जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै आज झापा जिल्लामा कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन।मृत्यु हुनेहरुमा कमल-३ का २८ वर्षिया पुरुष,दमक-२ ८२ वर्षीया पुरुष,बुद्दशान्ती-३ का ६८ वर्षिया पुरुष र अर्जुनधारा-९ का ७३ वर्षिया पुरुष रहेका छन।

स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार आज सम्मका कुल संक्रमित संख्या ३०९४ रहेको छ जसमा मृत्यु हुनेको संख्या ८८ छ र निको हुनेको संख्या १९२० रहेको छ।

सम्बन्धित खबर