Kanakai Online

झापाबाट १७ किलोमिटरमै झुल्केघाँमको दृश्य हेर्न पाइने


सोमवार, कार्तिक २४, २०७७ |

लीलाराज झापाली
सूर्योदयको सुन्दर दृश्य हेर्न र यसको मज्जा लिन अब झापाबाट १७ किलोमिटर नजिक्कैको रोङ गाउँपालिका ६ झण्डीडाँडामा यसको व्यावस्था मिलाइएको छ ।
रोङ गाउँपालिका, वडानम्बर ६ र तीनै तहका सरकारको सहयोग र स्थानीय किरात फ्रेण्डर्स क्लवको श्रमद्धानमा उक्त क्षेत्रमा रहेको दुईवटा डाडाँबाट यसको दृश्यअललोकन गर्ने प्रबन्ध मिलाइएपछि हाल उक्त क्षेत्रमा दैनिक ठुलो सङ्ख्यामा आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ ।

रोङ गाउँपालिकाका अध्यक्ष सम्सेर राइका अनुसार झापाको काँकडभिट्टानाकाबाट १७ किलोमिटरको दुरीमा रहेको यस झण्डीडाँडालाई थप आर्कषण बनाउँनका लागि गाउँपालिकाले १५ हजार विभिन्न जातका गुराँसका बिरुवा रोपिएको छ भने रोङ गाउँपालिकाले समेत यस आर्थिक बर्षमा १० लाख रुपैँयाको बजेट बिनियोजन गरेको छ । संघिय र प्रदेशसरकारबाट काकडभिट्टाहुदै झण्डीडाँडासम्म जाने सडकको स्तर उन्नतिका लागि ४० लाख रुपैँया बजेट बिनियोजन भइ काम समेत सुचारु गरिसकिएको छ । भने अघिल्लो बर्ष प्रदेश र संघिय सरकारले झण्डिाँडाको विकासका लागि ल ७५ लाख रुपैँया बजेट बिनियोजन गरेको थियो ।

यस अघि सुर्योदय हेर्नकै लागि चर्चित इलामको अन्तुडाँडाभन्दा आधा कम दुरीमै सुर्योदयको मज्जा लिन पाइने भएपछि झापा, मोरङ र भारत तथा बंगलादेशी पर्यटकहरुका लागि समेत दृश्यअवलोकनका लागि सहज हुने रोङ गाउँपालिका ६ नम्बरका वार्डअध्यक्ष सुबास तामाङले बताउँनुभयो ।
झापाको मेचीनगरबाटै साइलिङमा समेत सहजै पुगिने उक्त स्थानमा बिचमा पर्ने पातालो झर्ना र गुरासका रमणिय स्थल हेर्दै स्थानीय उत्पादनहरु तरुल, लोकल कुखुरा र कोलाबाट बनेका विभिन्न ४० प्रकारका परिकार, ढुङ्गामा पकाएको मासु लगायातका परिकारहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरिने समेत वार्डअध्यक्ष तामाङ्गले बताउँनुभयो । आउने पर्यटकलाई गाउँकै कलमी झारले बनेको स्थानीय मालाले स्वागत गरिने र रातभर आगो तापेर टेन्टमै सुती विहानको सुर्योदयको दृश्य हेर्ने व्यावस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रयास भट्टराईले बताउँनुभयो । समुद्री सहतदेखि २२ सय मिटर अग्लो उचाइमा रहेको यस क्षेत्रबाट भारतको दार्जिलिङ्ग, खार्साङ्ग, मिरिक र झापाका प्राय सबै क्षेत्र समेतको दृश्यअवलोकन गर्न सकिने भट्टराईले बताउँनुभयो ।
यता छिमेकी सुर्योदयन गरपालिकासँगको समेत सहकार्यमा पर्यटकका लागि इलामका श्रीअन्तु, माइपोखरी, कन्याम, कुटीडाँडा, झण्डिडाँडासहितको पर्यटकिय क्षेत्र समेटेर पर्यटकको बसाई लम्बाउने योजना समेत अघि सारिसकिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । पर्यटन सुचना केन्द्र जोरकलशका प्रमुख गगन घिमिरेका अनुसार इलामको सलकपुरमा रहेको यस झण्डीडाँडा र नजिक्कै रहेको झर्नाका कारण हाल दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ । कोरोना संक्रमण सकिएपछि नजिक्कै रहेका छिमेकी देश भारत र बंगलादेशका पर्यटकहरुलाई समेत यस गन्तव्यमा ल्याउन सके राम्रो सम्भावना रहेको छ । गाउँपालिकाका अनुसार यस क्षेत्रमा ठुलो सङ्ख्यामा घरहरुलाई आवश्यकीय तालिमको प्रबन्ध गरि घरबाँस (होम स्टे) को गाउँका रुपमा परिचित समेत गराउने तयारीमा छ ।


तस्वीर ः बिहान झण्डिडाँडाबाट देखिएको सूर्योदयको दृश्य , पर्यटकका लागि बनाइएको टेन्ट र पर्यटकका लागि ढुङ्गामा मासुका परिकारहरु पकाइदै फोटो लीलाराज झापाली

सम्बन्धित खबर