सम्पादकिय
देश कोरोनाले थला परेको वेला व्यापार, व्यावसाय मात्रै नभएर भोलीको सन्ततिका लागि भनेर राज्य र अभिभावकले गरेको शैक्षिक लगानीमा समेत असर गरेको छ ।
यस बर्षको शैक्षिक क्षतिलाई न्युनिकरणका लागि राज्यले जस्तोसुक्कै निति र तयारी थालेपनि यी सबै उपलब्धी भन्दा पनि तयारी र प्रयोगका रुपमा मात्रै देखा परेको छ ।
यस्तो विषम परिस्थितिमा विद्यार्थीमा मनोबैज्ञानिक त्रासलाई बढ्न नदिई एक बर्षको शैक्षिक बर्ष खेर जान नदिनका लागि सरकारका तीनै तह र अभिभावकहरुले समेत आआफ्नै तर्फबाट भुमिका खेल्न ढिलाई गर्नु हुदैन । घरघरमा विद्यार्थीलाई अभिभावक र उपलब्ध भएका प्रशिक्षकबाट शिक्षा लिने र अन्तिममा विद्यार्थीको सिकाई मापदण्डलाई परिक्षाका माध्यमबाट मुल्याड्कन गर्दै शैक्षिक सत्र खेर जान नदिनेउपाय हालसम्म देखिएको उच्चत्तम उपाय देखिएको छ ।
यसका लागि सम्बन्धित बिद्यालयले सहजीकरण गर्ने र प्रशिक्षकलाई थप तयारी गर्नका लागि समय खर्चनु बढी विद्धिमान देखिएको छ । यस अघि सुरुवात गरिएका अनलाईन कक्षा, टेलिभिजन कक्षा, रेडियो शिक्षा सबै प्रयोगका रुपमा आएका छन । शिक्षा निति निर्माण र विधि बनाउनेहरुका लागि यो विषम परिस्थिति राम्रो सवक बनेर आउनसक्नुपर्छ । विद्यार्थीको सिकाईलाई सहजीकरणका लागि अन्य क्षेत्रको बजेटलाई समेत परिमार्जित गर्दै लगानी गर्न अबपनि ढिलाई गर्नुहुदैन । शिक्षालाई धेरथोर व्यापार गर्न खोज्ने निजि विद्यालयहरुले समेत यस विषम परिस्थितिमा समाजप्रति राज्यप्रति यहाँका नागपरिकप्रति कतव्र्यबाट भाग्न खोज्नु हुदैन । इतिहासका लागि केहि लगानी गर्ने यो भन्दा अर्को उत्तम समय सायदै नआउँला । राज्य निजि क्षेत्र र अभिभावक शैक्षिक सरोकारवाला सबैले विद्यार्थीको सिकाईलाई उपलब्धीमुलक बनाउन उत्तम विकल्पहरुलाइए खुल्ला राख्दै सबैले सहकार्य गर्न ढिलाई गर्नुहुदैन । शिक्षा मा व्यापारीकरण हुनुहुदैन । शिक्षा सबैका लागि समान र अनिवार्य हुनुपर्छ लगायातका क्रान्तिकारी नारा लगाउने समाजवाद केन्द्रित दलहरु भनेर आफुलाई घोषणा गर्ने दुई तिहाईको कम्युनिष्ट सरकार र समाजवादी लाइनलाई आफ्नो पनि मुल मर्म मान्ने नेपाली कांग्रेसले समे त आफुलाई समाजवादी बनाउनक ालागि यो उत्तम समय आएको छ । हामीलेकृषिमा कम्तीमा मलखाद उपलब्ध गराउन नसकेर पाएको बदमासीपनलाई शिक्षामा लगानी गरेर सार्थक बनाउ । यसमा बेरोजगार बनेका दुबै दल र अन्य दलका कार्याकर्ता, तीनै तहको सरकार र नागरिक समाजले समन्वयकारी भुमिकामा आफुलाई राख्नसक्नुपर्छ ।