Kanakai Online

एसईई चारित्रिक प्रमाणपत्र लिन ४ हजार शुल्क


आइतवार, कार्तिक २३, २०७७ |

कनकाई अनलाईन

झापाको शिवसताक्षी नगरपालिका १० स्थित बालनिकुञ्ज माविले बिद्यालयबाट एसईई परिक्षा पास गरेर दिइने चारित्रिक प्रमाणपत्र वापत चर्को शुल्क ४ हजार रुपैँया लिने गरेको पाइएको छ ।
आफ्ना बिद्यार्थीहरुले एसईईको मार्कसिट र चारित्रिक प्रमाणपत्र माग्न जादा आफुसग ४ हजार रुपैँया शुल्क मागेको बिद्यार्थी अर्जुन उप्रेतीले बताउँनुभयो ।
उप्रेतीको परिवार कनकाई माईको वाढीले वगाएर विस्तापित बनेको हो । उप्रेतीका बुबा प्रेमप्रसाद उप्रेतीले भन्नुभयो छोराको चारित्रिक प्रमाणपत्रका लागि यतिको रकम म कहाँबाट ल्यायौ आफुले छोरालाई आफन्तको घरमा बसेर केहि काम गर्दै पढनका लागि काठमाण्डौ पठाउन लागेकोमा शैक्षिक सत्र सुरु हुनलाग्दा पनि विद्यालयले मह्गो शुल्क मागेर चारित्रिक प्रमाणपत्र र मार्कसिट नदिएको गुनासो उप्रेतीले गर्नुभयो ।
आफुले चारित्रिक प्रमाणपत्रका लागि सम्बन्धित वार्ड कार्यालयमा गएर निवेदन दिदा वडाकार्यालयले आफु बाढी पिडित भएकोले निशुल्क चारित्रिक प्रमाणपत्र दिने आशयको सिफारिस दिएको र सो लिएर जादा समेत विद्यालयका प्रअ भीम सुब्बाले बार्डको सिफारिस बिद्यालयमा काम नलाग्ने भन्दै रकम लिएर आउन भनेको उप्रेतीले गुुनासो गर्नुभयो ।
यता यस बारेमा बिद्यालयका प्रअ भीम सुब्बासग बुझ्दा विद्यालय व्यावस्थापन समितिलेनै एसईईको चारित्रिक प्रमाणपत्र लिनका लागि विद्यार्थीसग तीन खाले शुल्क निर्धारण गरेको बताउँनुभयो । उहाँले सोहि विद्यालयमा पढे कुनै शुल्क नलाग्ने र बाहिर पढ्न गए चार हजार र विद्यालयमा नभएको विषय पढ्न गएको भए एक हजार रुपैँया लिने निर्णय गरेकोले आफुहरुले शुल्क लिएको बताउँनुभयो । सुब्बाले भन्नुभयो
१० बर्षसम्म पढेको विद्यालयमा ४ हजार शुल्क दिर्दा अभिवाभकलाई समस्या नहुनुपर्ने हो । यता शिवसताक्षी नगरपालिकाका शिक्षा साखा प्रमुख सुरेन्द्र दाहालले सरकारी विद्यालयले चारित्रिक प्रमाणपत्रका लागि यतिको रमक लिन कानुनी र नैतिक रुपमा पनि नमिल्ने बताउँनुभयो । यतिका रमक लिएको हो भने ग्रैह कानुनी हो दाहालले भन्नुभयो । नगरपालिकाले चारित्रिक प्रमाणपत्रका लागि कति सम्म रकम लिन पाउँने भन्ने वारेमा नगरले कुनै नियम नबनाएकोले विद्यालय पिच्छे अलग अलग शुल्क लिने गरेको पाइएको भन्दै दाहालले तत्कालै शुल्क निर्धारण गरिने बताउँनुभयो । यता शिवसताक्षी नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष कर्णबहादुर थापाले विद्यालयबाट अन्यत्र विद्यार्थी नजाउन भन्नका लागि चारित्रिक प्रमाणपत्रका लागि यो शुल्क लिएको हुनसक्ने भएपनि विद्यार्थी कहाँ र कुन विषय लिएर पढ्न्े भन्ने आफ्नो नैर्सगित हक अधिकारभित्र पर्ने भएकाले यत्रो शुल्क विद्यालयले कुनै हालतमा लिन नपाउने बताउँनुभयो । गरिब र वाढी पिडित परिवारको सिफारिस लिएर जादा पनि शुल्क लिन खोज्नु सामाजिक न्यायको समेत विरुद्ध भएको भन्दै थापाले भन्नुभयो । म त्यो वाढी पिडित परिवारलाई जसरी भएपनि चारित्रिक प्रमाणपत्र दिलाएरै छाड्छु । कक्षा ११ र १२ समेत संचालनमा रहेको सो विद्यालयमा यसबर्षमात्रै ६० विद्यार्थीले एसईईमा सहभागि थिए ।
तस्वीर ः वार्ड कार्यालयले चारित्रिक प्रमाणपत्रका लागि बनाइदिएको वाढी पिडितको सिफारिस देखाउँदै पिडित उप्रेतीका पिता

सम्बन्धित खबर