सुरुङ्गा,कार्तिक २२।कनकाई नगरपालिकाका ५ पुरुष सहित आज झापामा ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिकाका ६ महिला र २१ पुरुष रहेका छन।विर्तामोडका ४ महिला र १० पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादहका १ जना,मेचिनगरका ३ जना,अर्जुनधाराका १ जना,बाह्रदशीका १ जना,कमलका ६ जना,शिबसताक्षीका २ जना, भद्रपुरका १३ जनामा र बुद्दशान्तीका २ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै आज झापा जिल्लामा कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन।मृत्यु हुनेहरुमा शिबसताक्षी-६ का २३ वर्षिय महिला,बिर्तामोड-४ का ४० वर्षिय महिला र ८५ वर्षका पुरुष त्यस्तै गरेर दमक-८ कि ४२ वर्षिय महिला रहेकी छन।