कनकाई अनलाइन।कामाटोली,कार्तिक २१।झापा गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलालाई यस कार्यालयबाट आज औपचारिक बिदाई गरिएको छ।उहाँको सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको शाखा अधिकृतमा भएकोले यहाँबाट उहाँलाई बिदाई गरिएको हो।
बिदाई कार्यक्रममा गाउँपालिकाका कर्मचारी,जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो।निरौला यस कार्यालयमा गत २०७६ साल कार्तिकमा हाजिर भएको बताईएको छ।उहाँको सरुवा पत्र दशै अगाडि आएपनी औपचारिक बिदाई भने आज गरिएको हो।
झापा गाउँपालिकामा अब नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भन्ने बारे अहिले सम्म केही टुङ्गो नलागेको झापा गाउँपालिकाका वडा सचिव पुर्णचन्द्र मैनालीले कनकाई अनलाइनलाई बताउनु भयो।
पहिले संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयानुसार झापा गाउँपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृत यहाँ आउन नमानेपछी अर्को निर्णय हुन बाँकी रहेको गाउँपालिका स्रोतले बताएको छ।