सुरुङ्गा,कार्तिक २१ ।कनकाई नगरपालिकाका ३ सहित आज झापामा ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।कनकाईका ३ जना संक्रमित मध्ये एक जनाको ठेगाना इलाम रहेको छ।
संक्रमण पुष्टि हुनेहरुमा दमक नगरपालिकाका ११ महिला र १२ पुरुष मध्ये दुई जना स्वास्थ्यकर्मी रहेका छन।विर्तामोडका १४ महिला र ५ पुरुष मध्ये तीन स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादहका १ जना,मेचिनगरका ३ जना(१ स्वास्थ्यकर्मी),अर्जुनधाराका ५ जना,हल्दीबारीका २ जना कमलका १ जना,शिबसताक्षीका ३ जना, भद्रपुरका ११ जना(२ जना इलाम र तेह्रथुम ठेगाना भएका)मा र पालिका नखुलेका १ जनामा संक्रमण पुष्टि भएको छ।
आज सम्मको तथ्याङ्क अनुसार कोरोनाका कारण झापामा ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ भने आज सम्मको कुल संक्रमित संख्या २४३४ पुगेको छ।त्यस्तै निको हुनेको संख्या १४२३ रहेको छ।