सुरुङ्गा,कार्तिक २० ।कनकाई नगरपालिकाका ३ सहित आज झापामा ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।कनकाईका ३ जना संक्रमित मध्ये एक जनाको ठेगाना इलाम रहेको छ।
दमक नगरपालिकाका २१ महिला र २७ पुरुषमा संक्रमण पुष्टि भए संगै विर्तामोडका १५ महिला र १४ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादहका ६ जना,मेचिनगरका ३ जना,अर्जुनधाराका ४ जना,बुद्दशान्तीका ५ जना,हल्दीबारीका ५ जना कमलका १० जना,शिबसताक्षीका ३ जना र भद्रपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बिर्तामोड-३ का ४२ बर्षीय महिला रहेकी छन।
आज सम्मको तथ्याङ्क अनुसार कोरोनाका कारण झापामा ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ भने आज सम्मको कुल संक्रमित संख्या २३६२ पुगेको छ।त्यस्तै निको हुनेको संख्या १४१२ रहेको छ।