Kanakai Online

कनकाईका १ सहित झापामा आज २३ जनामा कोरोना संक्रमण,३ को मृत्यु।


बुधवार, कार्तिक १९, २०७७ |

सुरुङ्गा,कार्तिक १९ ।कनकाई नगरपालिकाका १ सहित आज झापामा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दमक नगरपालिकाका २ स्वास्थ्यकर्मी सहित २ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भए संगै विर्तामोडका ३ महिला र १ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादहका ४ जना,मेचिनगरका १ जना,अर्जुनधाराका १ जना र भद्रपुरका २ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै आज कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।मृत्यु हुनेहरुमा दमक-३ का ६५ बर्षीय पुरुष,दमक-५ का २२ बर्षीय महिला र मेचिनगर-१४ का ७० वर्षीय महिला रहेका छन।

आज सम्मको तथ्याङ्क अनुसार कोरोनाका कारण झापामा ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ भने आज सम्मको कुल संक्रमित संख्या २२४३ पुगेको छ।त्यस्तै निको हुनेको संख्या १३७९ रहेको छ।

सम्बन्धित खबर