Kanakai Online

झापा गापाका १ र कनकाईका १४ सहित झापामा आज ५९ जनामा कोरोना संक्रमण।


सोमवार, कार्तिक १७, २०७७ |

सुरुङ्गा,कार्तिक १७ ।झापा गाउँपालिकामा एक जना र कनकाई नगरपालिकाका १४ सहित आज झापामा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।कोरोना संक्रमण पोजेटिभ हुनेमा झापा गाउँपालिकाका ३४ वर्षीय एक पुरुष छन भने कनकाई नगरपालिकाका ९ पुरुष र ५ महिला रहेका छन,जसमा २ जना संक्रमीत पुरुष र महिला मोरङ ठेगाना भएका छ्न

दमक नगरपालिकाका २ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भए संगै विर्तामोडका ७ महिला र ६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार कमलका ३ जना, गौरादहका ५ जना,गौरिगंजका १ जना, शिवसताक्षीका ४ जना, बुद्धशान्तिका २ जना, अर्जुनधाराका ५ जना र भद्रपुरका २ जनामा संक्रमण पुष्टि भएको छ।

आज सम्मको तथ्याङ्क अनुसार कोरोनाका कारण झापामा ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ भने आज सम्मको कुल संक्रमित संख्या २१५४ पुगेको छ।त्यस्तै निको हुनेको संख्या १३३६ रहेको छ।

सम्बन्धित खबर