Kanakai Online

मेचीनगरमा मिर्गाैला रोगबाट विद्यार्थीको मृत्यु


आइतवार, कार्तिक १६, २०७७ |

झापा,कार्तिक १६ ।झापाको मेचीनगर नगरपालिका–९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ ।गए राती १० बजे उनको मृत्यु भएको हो।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला प्रत्यारोपणमा सघाउन स्थानीय वडाध्यक्षको संयोजकत्वमा बचाउ समिति गठन गरी सहयोग सङ्कलन भइरहेका बेला उपचारका क्रममा उनको गए राती मृत्यु भएको बताइएको छ । गत शनिबार स्वास्थ्य अवस्था नाजुक बनेपछि तत्काल उपचारका लागि उनलाई भारतको सिलिगुढीस्थित निउटिया अस्पताल लगिएको थियो । उनी धुलाबारी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनी मेचीनगर–९ की निर्वाचित वडा सदस्य लक्ष्मी परियारकी छोरी हुन् ।

सम्बन्धित खबर