Kanakai Online

पत्रकार महासंघ झापा साखाका अध्यक्ष सापकोटालाई कोरोना संक्रमण।


शुक्रवार, कार्तिक १४, २०७७ |

कनकाई अनलाइन।बिर्तामोड,कात्तिक १४।नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई प्रयोगशाला कोटीहोममा विहीबार पीसीआरका लागि स्वाव दिएका सापकोटाको रिपोर्ट शुक्रबार पोजेटिभ आएको बताइएको छ।

केही दिनयता ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिएपछि सापकोटाले पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए।शिवसताछी ७ चन्द्रडागीमा एक सातादेखि होम आइसोलेसनमा रहेको सापकोटाले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन्।

सम्बन्धित खबर