Kanakai Online

दाङ-भंैसीले हान्दा मृत्यु


बुधवार, कार्तिक १२, २०७७ |

सांकेतीक तस्बिर

देउखुरी, १२ कात्तिक (रासस)-दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।

चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।