कनकाई अनलाइन।झापा गाउँपालिका-२ मा पर्ने झापा बजारमा सुविधा सम्पन्न क्याफे सञ्चालनमा आएको छ।क्याफेमा ओर्डर बमोजिमका सबै प्रकारका परम्परागत स्वादका विशेष परिकार उपलब्ध गरिने बताइएको छ।
न्यू स्टार क्याफे नाम दिइएको रेस्टुरेन्टमा सुबिधा सम्पन्न रुमहरु रहेको संचालक अरबिन्द यादवले कनकाई अनलाइनलाई बताउनु भयो।यादवले झापा गाउँपालिकामै यो पहिलो क्याफे यही रहेको दावी गर्नुभयो।
सञ्चालक अरबिन्द यादवले दाजु नवीन यादव संगको सहकार्यमा व्यवसाय सुरु गरेको बताउनु भएको छ।रेस्टुरेन्टमा ४ जनाले रोजगारी पाएका छन।आफ्नो क्याफेलाई अझै एक “कुक” को आब्यश्यकता रहेको यादवले बताउनु भयो।
झापा बजारमै पहिलो सुबिधा सम्पन्न रेष्टुरेन्ट हुनाले ब्यबसाय चल्नेमा आफू ढुक्क रहेको यादवको भनाई छ।यादवका अनुसार खसीको सेकुवा,झोल म:म साथै स्वादिष्ट परिकारको आनन्द लिन अब यहाँका ग्राहकहरुले टाढा गइरहनु पर्ने छैन।