कनकाई अनलाइन।शरणामती,कार्तिक ३।झापा गाउँपालिकाकी एक २७ वर्षीया युवती स्वास्थ्यकर्मीमा कोरोना भाईरसको संक्रमण पोजेटिभ पुष्टि भएको छ।फिल्डमा नगई स्वास्थ्कर्मी युवती स्वास्थ्य चौकीमा काम गर्ने गरेको बताइएको छ।
गत बिहिबार २० जनाको स्वाब संकलन गरिएकोमा स्वास्थ्यकर्मी युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको झापा गाउँपालिकाका स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले कनकाई अनलाइनलाई बताउनु भयो।