कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गा क्षेत्रको शान्ति सुरक्षा स्थापनाका लागि नागरिक प्रहरी सहकार्य गरिने भएको छ ।
आज इलाका प्रहरी कार्यालय सुरुङ्गामा भएको प्रहरी र स्थानीय राजनैतिक दल, संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायातको सर्बपक्षिय भेलाले यस क्षेत्रको शान्ति सुरक्षाका लागि सबैजना एक हुने प्रतिवद्धता जनाइएको हो ।
अन्तक्र्रियालाई सम्बोधन गर्नुहुदै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले दसैँ तिहार, छठ जस्ता वढी भीडभाड हुने चाडमा कोहिपनि नगरवाशी भीडमा नजान र घरमै बसेर सुरक्षित रहन आग्रह गर्नुभयो । साथै कनकाई नगरपालिकाले यस क्षेत्रको शाान्ति सुरक्षा कायम गर्न कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जनाउँनुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला सचिव मणिकुमार साम्पाङ्ग बिजयले सबै नागरिकले प्रहरीको शान्ति सुरक्षा र अमनचयनका लागि साथ दिनुपर्ने भन्दै समाजमा वढ्दो आत्महत्या, लागुऔषधजस्ता विकृतिलाई हटाउनका लागि नागरिक प्रहरीविच साझेदारी गर्न सुझाव पनि दिनुभयो । कार्यक्रममा नेकपाका नगर अध्यक्ष रविन्द्र लम्साल, कांग्रेसका नगर अध्यक्ष नेत्रप्रसाद चिमरिया, राप्रपाका नगरअध्यक्ष ज्योतीकुमार उप्रेती, साँझा पार्टीका नगर संयोजक राजकुमार फुयाँल, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली , समाजसेवी गोकर्णप्रसाद ओझा, कनकाई लायन्सका अध्यक्ष मनोज बस्नेत पत्रकार महासंघका जिल्ला सदस्य लीलाराज झापाली लगायातले सुरुङ्गा नगरिलाई शान्ति सुरक्षा प्रदान गर्न नागरिक प्रहरी हातेमालो गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गामा प्रहरी नायव निरिक्षक पदमसुन्दर लिम्बुले यस क्षेत्रका समस्या र भएका प्रगतिका वारेमा जानकारी गराउँदै प्रहरीले हत्यारालाई १० घण्टाभित्रै पक्राउ गर्न सकेको, ठुलो परिणाममा लागु औषध बरामद लगायातका सफलतामा यस क्षेत्रका नागरिकको साथ र सहयोगबाटमात्रै सम्भव भएको बताउँनुभयो । कार्यक्रम इलाका प्रहरी कार्यालय सुरुङ्गाका सहायक प्रहरी नायव निरिक्ष इन्द्रबहादुर भुजेलले गर्नुभएको थियो ।