कनकाई अनलाइन।कामाटोली,कात्तिक १।झापा गाउँपालिका साहित्यिक समाजको आयोजनामा बृहत् साहित्यिक गोष्ठी तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।
अग्रज साहित्यकार बिश्वनाथ सिंह राजबंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेम न्यौपाने(प्रभात) को अध्यक्षता रहेको थियो।झापा गाउँकार्य पालिकाको कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा अग्रज साहित्यनुरागी टीका कट्टेल,त्रीलोचन अधिकारी,खड्क खरेल,मोहन पोख्रेल,मोहन ओली,कुमार ओली,त्रीलोचन अधीकारी,गोबिन्द राजबंशी लगायतले साहित्यीक सामग्री प्रस्तुत गर्नुभएको थियो।
जिवनप्रसाद ढकालले संचालन गरेको कार्यक्रममा डेबिड बिलासी,महेश बराल,उदय मैनाली,युवराज दाहाल,अम्बिका गौतम लगायतले कविता तथा गजल बाचन गर्नुभएको थियो।कार्यक्रममा २१ जना साहित्यनुरागीहरुले साहित्यिक सामग्री प्रस्तुत गरेका थिए। समाजको आगामी उदेश्य झापा गाउँपालिका साहित्यिक प्रतिष्ठान खोल्ने र झापा गाउँपालिकामा भएका सम्पुर्ण साहित्यनुरागीलाई समेट्ने उदेश्य रहेको समाजका संस्थापक सदस्य उदय मैनालीले कनकाई अनलाइनलाई बताउनु भयो।
भेलाले बरिष्ठ सल्लाहकारमा झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाका साथै अग्रज साहित्यकार विश्वनाथ सिंह राजबंशीको संयोजकत्वमा त्रीलोचन अधिकारी र मोहन पोख्रेल समेत गरेर तीन सदस्यीय सल्लाहकार समिती गठन गरेको छ।सल्लाकार समितिमा अरु बिशिस्ट ब्याक्ती पछी समेट्दै लाने समाजका संस्थापक सदस्य जीवनप्रसाद ढकालले बताउनु भयो।ढकालका अनुसार समाजले मुल सदस्यहरुमा पुन: अग्रज साहित्यकारलाई समेटेको छ।समाजको स्थापना हुँदा ५ सदस्यीय मुल समिती रहेको थियो।अहिले सदस्यहरु टीका जमर कट्टेल , स्नेहालता त्रिपाठी, के पी खरेल किसान, मुकेश कुमार कर्ण , भिष्मराज अधिकारी,केशब चापागाईं गरेर मुल समिती सदस्य ११ जना बनाइएको ढकालले बताउनु भयो।ढकालले झापा गाउँपालिकामा रहेका सम्पुर्ण साहित्य सृजना र साहित्य प्रती रुचि राख्ने माहानुभाबलाई झापा गाउँपालिका साहित्यिक समाजमा आवद्द हुन समेत आव्हान गर्नुभयो।