कनकाई अनलाइन।झापा,असोज ३०।नेपाल रेडक्रस सोसाईटी झापा शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा झापाको समन्वयमा एकदिवसीय अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।युनिसेप नेपालको साझेदारी तथा झापा गाउँपालिको सहकार्यमा गाउँपालिकाको १ र २ वडा स्तरीय सहयोगी कार्यदललाई आज कोभिड १९ को वारेमा अभिमुखीकरण तालिम दिइएको हो।
नेपाल रेडक्रस सोसाईटी झापाका फोकल पर्सन भक्त वहादुर विश्वकर्माले संचालन गरेको तालिममा कोभिड १९ वाट कसरी वाँच्न सकिन्छ र समाजमा गएर कसरी कोभिडको वारेमा जनचेतना फैलाउन सकिन्छ भन्ने बारे प्रशिक्षण दिइएको थियो।अभिमुखीकरण तालीममा बोल्दै झापा गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले देशमा अहिले कोरोनाको जोखिम झन उच्च भइरहेको बेला समुदाय र ब्याक्तीले नै सतर्कता अपनाउनु पर्ने कुरामा जोड दिनुभयो।
झापा गाउँपालिकाको वडा नं २ मा रहेको सामुदायिक भवनमा भएको कार्यक्रममा झापा गाउँपालिकाका-१ र २ का वडाध्यक्षहरु राजकुमार यादव,नेत्रबहादुर खड्का,स्वास्थ्यकर्मी,स्थानिय लगायतको उपस्थिति रहेको थियो।अभिमुखीकरण तालिममा नेपाल रेडक्रस सोसाइटी उपसाखा झापाका कार्यबहाक सभापति सुन्दरलाल गणेश लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।