आजको पञ्चांग
मितिः २०७७ असोज ३०, शुक्रबार
इ.संः २०२० अक्टोबर १६
नेपाल संवतः ११४० (अनलागा)
चन्द्रमाः कन्या राशीमा,
तिथीः औँशी
पक्षः अधिक आश्विनकृष्णपक्ष
नक्षत्रः हस्ता
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः०५
पर्व दिवस
विश्व खाद्य दिवस
मुहूर्तः —
आजको राशीफल, शुक्रवार, ३० असोज, २०७७
मेषः अनिष्टसमय छ । शरीर पीडा होला । आजको दिन बोलीमा
संयमता राख्नु उत्तम हुनेछ । यात्रामा सावधानी अपनाउनुहोला ।
वृषः आज राज्यबाट दण्ड जरिवानामा परिएला । मनमा केही
दिक्दारी लाग्ने देखिन्छ । समाजमा इज्जत कायमै रहला ।
मिथुनः साथीभाइको सहयोगले महत्वपूर्ण कामहरु बन्लान । दिन
फलदायी छ । योजनाहरु सहजै पूरा हुनेछन् । दिन सुखले बित्नेछ
। कर्कटः आयआर्जनका विभिन्न स्रोतहरु फेला पर्नेछन् । मनमा
सन्तोष छाउला। अािर्थक अवस्था सबल बन्ने देखिन्छ ।
सिंहः शारीरिक शिथिलता कायमै रहला । अनावश्यक धन खर्च हुने दिन
छ । स्थीर सम्पत्तीको कारोबारमा नोक्सान व्यहोर्नुपर्ला ।
कन्याः आज भाग्यले साथ दिनेछ । सप्ताहन्तमा रमाइलो भेटघाट
साथै । मेवामिष्ठान्न प्राप्तिले मन आनन्दित होला । शरीर पनि स्वस्थ
रहनेछ ।
तुलाः खर्च नियन्त्रण गर्न नसकिएला । मनमा दिक्दारी बढेर जाला ।
आजको दिन भूमी, वाहन आदिको कारोवार नगरेकै राम्रो । ।
वृश्चिकः आर्थिक उन्नति हुने दिन छ । स्थीर सम्पत्ती जोडिएला ।
कुनै परीक्षा, प्रतिष्पर्धामा वर्चस्व कायम रहनेछ । सुखमा कमी
आउनेछैन ।
धनुः आज कुक्षीरोगले सताउला । मनमा सन्ताप रहिरहला । तर
मानसम्मानमा कमी आउने छैन ।
मकरः सुखवृद्धिको योग कायमै छ । योजनाहरु अलपत्रै रहलान । शरीर
केही अस्वस्थ रहने देखिन्छ ।
कुम्भः आर्थिक कारोबारहरु तपाईँकै हितमा होलान । स्वस्थ र
फुर्तिलो शरीरले काममा जाँगर आउला ।आर्थिक पाटो पनि सबल
रहने छ ।
मीनः आज धनार्जन हुने काममा महिला मित्रका तर्फबाट विशेष
सहयोग रहनेछ । गरगहना आदि उपहार प्राप्त होला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”


