कनकाई अनलाईन
कनकाई अनलाईनको तीब्र बिरोध पछि झापा गाउँपालिकाले अपुरो हिसाब ९ लाख बराबरको कोरोना खर्च सार्बजनिक गरेको छ ।
हरेक पालिकाले हरेक ३ महिनामा कोरोना खर्च सार्बजनिक गर्ने पर्ने भएपछि झापा गाउँपालिकाले भने कोरोना खर्च सार्बजनिक गर्न अटेरी गरिरहेको थियो । यस अघि झापा गाउँपालिकासग पटक पटक कोरोना खर्चको आय व्याय कनकाई अनलाईन र कनकाई साप्ताहिकले माग गरेको थियो ।
सुचना त्यतिक्कै नपाइने त्यसका लागि सुचनाको हक मार्फ बकाइदा लेटर प्याडमा निवेदन माग भएको थियो । पछि सुचना मागेको ४ दिनपछि झापा गाउँपालिका सुचना विभागबाट यो सुचना पाइएको हो । जसमा झापा गाउँपालिकाले जम्मा ९ लाख ४४ हजार रुपैँया खर्च भएको मंगलवार कनकाई अनलाईनलाई खर्च बिबरण प्राप्त भएको हो ।
झापा गाउँपालिकाको प्रखोप वयावस्थापन कोष मार्फत खर्च गरिएको खर्च बिबरणमा क्वारेन्टिन निर्माणको खर्चमा ३० हजार २ सय ९० रुपैँया खर्च देखाईएको छ । यसैगरि क्वारेनिटनमा प्रयोग हुने सामाग्रीको खर्चमा ६२ हजार २ सय २० रुपैँया खर्च भएको छ । यसैगरि क्वारेन्टिनमा बस्नेको खाना खर्च २ लाख १७ सय २० रुपैँया, आइसुलेशनमा बस्नेको खाएको खर्च ७ हजार ८ सय ५० रुपैँया , एम्बुलेन्सको भाडा वापत दुई लाख ८० हजार ३ सय रुपैँया, औषधिजन्य सामाग्रीको खर्च २ लाख, ९५ हजार २ सय १० रुपैँया र अन्य खर्चमा ६५ हजार ४ सय १० रुपैँया रहेको झापा गाउँपालिकाका सुचना अधिकारी हिमाल मिश्रले कनकाई अनलाईनलाई जानकारी दिनुभएको छ । यता झापा गाउँपालिकाले गरेको उक्त खर्च सम्भवत नेपालमै कम भएको विश्लेषण गरिएको छ ।