Kanakai Online

डाक्टर गोबिन्द केसीको समर्थनमा आज सुरुङ्गामा साँझाले निकाल्यो र्याली


बुधवार, असोज २१, २०७७ |

कनकाई अनलाईन
अनशनरक्त डाक्टर गोविन्द केसीको समर्थन र जीवनरक्षाको अपिल गर्दै आज झापाको सुरुङ्गामा साझा पार्टी कनकाई नगर समितिले र्याली सहितको ऐक्यवद्धता सभा कार्यक्रमको आयोजना गरेको छ ।


डाक्टर केसीले जनजिविकासँग सम्बन्धित मागहरु राखेर आज २४ औ दिनसम्म अनशनमा रहदा पनि सरकारले डाक्टर केसीको जीवनरक्षाका लागि कुनै पहलकदमी नगरेको भन्दै साझाले डाक्टर केसी समर्थित बिभिन्न प्लेकार्डहरु बोकेर सुरुङ्गा बजार परिक्रमा गर्दै सुरुङ्गा चौकमा प्रदर्शन गरेको थियो । आयोजित कोषसभामा साझा पार्टीका केन्द्रिय सदस्य एवम् पूर्वाञ्चल संयोजक अनिल भेट्वालले सन्त डाक्टरले आफ्ना लागि भन्दा पनि गरिब र दिनदुःखी जनताका जीवनसग सम्बन्धित माग राखेर १९ औ पटक अनशन बसेका कारण केसीको जीवन बचाउन साँझाले आन्दोलनको कार्यक्रम गरेको बताउँनुभयो ।

भेटवालले यसअघिका विभिन्न पार्टीले समेत १८ औ पटकसम्म डाक्टर केसीलाई विभिन्न माग सम्मोधन गर्ने भन्दै सहमतिको मसी सुक्न नपाउँदै सहमति तोडेको भन्दै अब कथमकदाचित केसीको जीवन रक्षा हुन सकेन भने साझा पार्टीले जनबिद्रोहको घोषणा गरेर सरकारसग लड्ने भीड्ने चेतावनी दिनुभयो ।


ऐक्यवद्धतासभामा साँझाका केन्द्रिय सदस्य भीमप्रसाद अधिकारीले जनजिविकासग सम्बन्धित माग राखेर १९ पटकसम्म एकजना सन्त नेता अनशन बस्नु भनेको सकारका लागि लज्जाको बिषय भएको बताउँनुभयो ।


कार्यक्रममा डाक्टर आरएन संग्रौला विवेकशीलका नेता तुलसी उप्रेती लगायातका नेताले डाक्टर केसीका माग सम्बोधन गर, सरकारको ब्याट्टी चार्ज गर्छ तस्करको समुहले लगायातका नारा लेखिएका प्लेकार्ड लिएर साँझाले सुरुङ्गा बजार परिक्रमा गरेको थियो ।

सम्बन्धित खबर