आजको पञ्चांग
मितिः २०७७ असोज २१, बुधबार
इ.संः २०२० अक्टोबर ७
नेपाल संवतः ११४० अनलागा
चन्द्रमाः वृष राशीमा
तिथीः पञ्चमी, प्रात १०ः५५ उप्रान्त षष्ठी तिथी
पक्षः अधिक आश्विनकृष्णपक्ष
नक्षत्रः रोहिणी नक्षत्र
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ६ः००
पर्व दिवस
आजको राशीफल, बुधबार, २१ असोज, २०७७
मेषः शारीरिक आलस्यताले सताउला । सञ्चित धन व्यर्थमा नास हुने
देखिन्छ ।
वृषः पारिवारिक भेटघाटमा मिष्ठान्न भोजन प्राप्तिले मन आनन्दित
बनाउला ।
मिथुनः स्थीर सम्पत्ति क्षय होला, अपव्ययले सताउला । शरीर भने
स्वस्थ रहने देखिन्छ ।
कर्कटः प्रतिष्पर्धामा जीत हासिल होला । वाहन, जग्गा आदि जोडिने
योग छ ।
सिंहः मनमा भय रहिरहला । कुक्षीरोगले सताउने देखिन्छ । सामाजिक
उचाइ भने कायमै रहला ।
कन्याः शारीरिक आलस्यताले सताउला तर सुखप्राप्ति कायम रहनेछ।
कामकाजमा ढिलासुस्ती हुनेछ ।
तुलाः शरीर स्वस्थ र स्फुर्त रहला । आर्थिक कारोबारमा प्रगती हुनेछ ।
वृश्चिकः द्रव्य, रत्न तथा धातुको कारोवारमा प्रगती हुनेछ ।
सुखानुभूति प्राप्त होला ।
धनुः अनिष्ट समय छ । झैझगडा तथा मुद्धामामिला आइलाग्लान
। शरीर पिडा सहनुपर्ला ।
मकरः सरकारी कामकाजहरुमा अवरोध आउला । मनमा दिक्दारी तथा
अस्वस्थता महसुस होला ।
कुम्भः शुभ र सुखदायक समय छ । सोचेका कामहरु पूरा हुँदै
जानेछन् ।
मीनः आम्दानीका विभिन्न स्रोतहरु जुट्नेछन् । मनमा प्रशन्नता
छाउला ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”