Kanakai Online

भद्रपुरमा जनप्रतिनिधि सहित ६ जनामा कोरोना संक्रमण।


मङ्गलवार, असोज २०, २०७७ |

भद्रपुर, २० असोज ।भद्रपुरमा आज एक जनप्रतिनिधि सहित ६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले दिएको जानकारी अनुसार सक्रमित हुनेमा वडा न १० का अध्यक्ष सहित कृषि विकास बंैक चन्द्रगढीमा कार्यरत ४ जना कर्मचारी र भद्रपुर भन्सारका एक कर्मचारी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ६ जना मध्ये एकजना महिला र ५ जना पुरुष रहेका छन् ।

९२ जनाको नमूना संकलन गरिएकोमा छ जनाको पोजेटिभ देखिएको र अन्यको रिपोट आउन बाँकी रहेको जनाइएको छ ।

सम्बन्धित खबर