Kanakai Online

साप्ताहिक राशीफल १८–२४ असोज,२०७७


आइतवार, असोज १८, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ असोज १८, आइतबार
इ.संः २०२० अक्टोबर ४
नेपाल संवतः ११४० अनलागा
चन्द्रमाः मेष राशीमा
तिथीः त्रयोदशी
पक्षः अधिक आश्विनकृष्णपक्ष
नक्षत्रः अश्विनी
ऋतुः शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः५८
साताका चाडपर्व÷ दिवसहरु
१८ गतेः विश्व प्राणी दिवस
१९ गतेः विश्व शिक्षक दिवस
२२ गतेः विश्व दृष्टि दिवस
२३ गतेः विश्व हुलाक दिवस
२४ः विश्व मानसिक स्वास्थ्य दिवस प्राकृतिक विपत्ती न्यूनीकरण दिवस
साताका मुहूर्त
पास्नी मुहूर्तु २१ गते
मुठी लिने मुहूर्तु २३ गते

साप्ताहिक राशीफल १८–२४ असोज,२०७७

मेषः शरीर पुष्टि रहला । अन्नादिलाभ तथा भाग्योदयको समय छ
। मध्यसातामा शारीरिक अस्वस्थता, अनावश्यक खर्च बढेपनि शुक्रवबार
पश्चात मन प्रशन्न रहनेछ । विविधप्रकारका धनलाभहरु प्राप्त हुनेछन्

वृषः अनुत्पादक क्षेत्रमा खर्च हुनेछ । सुखप्राप्ति होला । मिष्ठान्न
भोजनप्राप्तिले मन प्रशन्न रहला । साताको उत्तरार्धमा बिमारी हुने,
खर्च बढ्ने आदि समस्या दोहोरिन सक्लान । मन दिक्दार हुनेछ ।
मिथुनः शुरुवाथी सातामा धनप्राप्तिको योग छ । सुखानुभूति होला ।
प्रतिष्पर्धामा विजयी भइनेछ । मध्यसातामा अनावश्यक खर्च र
धनहानीको योग छ । साताको अन्त्यमा भाग्योदयको योग छ ।
पारिवारिक जमघटमा रमाइलो समय व्यतित होला ।
कर्कटः मनमा भय रहला। शरीरिक थकानले सताउला । तर कामहरु
किनारा लागेर जानेछन् । मध्यसाता आर्थिक हिसाबले बलियो छ ।
प्रतिष्पर्धामा जीत हासिल हुनेछ । सुख अनुभूति हुनेछ । सताको
अन्त्यमा खर्च बढ्नेछ ।
सिंहः कामकाजमा व्यवधान सृजना होला । पुरानो बिमार बल्झिने
देखिन्छ । मनमा चिन्ताले सताउला । मानसम्मानमा कमी आउनेछैन ।
साताको अन्त्यमा प्रशस्त आर्थिक लाभ होला । सुखप्राप्ति हुनेछ ।
विजयी भइएला ।

कन्याःशरीर स्फुर्त रहला । धनलाभको योग छ । मन आनन्दित
होला । समाजिक प्रतिष्ठा बढ्ने देखिन्छ । साताको अन्त्यमा शरीर
अस्वस्थ होला । मनमा भयले सताउने देखिन्छ ।
तुलाः गरगहना तथा उपहार प्राप्तिको योग छ । प्रेममा सफलता
प्राप्त होला । शरीर मजबुद रहने देखिन्छ । अर्थिम उपार्जन हुने
दिन छ । सुखानुभूति हुनेछ । साताको अन्त्यमा पुराना् रोगले सताउला
। दैनीक काममा अवारोध आउला ।
वृश्चिकः साताके शुरुवाती समय अनिष्ट छ । मुद्धा मामिलामा परिएला ।
दुर्घटना तथा शारीरिक कष्टको सामना गर्नुपर्ला । मध्यसातामा प्रेम
प्रसंगहरु चल्नेछन् । धातुजन्य कारोबारबाट फाइदा होला ।
साताको उत्तरार्धमा शरीर स्वस्थ हुनेछ ।
धनुः सामाजिक प्रतिष्ठा प्राप्त होला । तर राजभय रहने देखिन्छ ।
रोगादी कष्ट होला । चोटपटकको भय रहला । शारीरिक पीडादायक
समय छ । साताको उत्तरार्ध गरगहना प्राप्तिका साथै प्रेमील आनन्द
प्राप्त हुने देखिन्छ ।
मकरः साताको सुरुवात अत्यन्तै शुभ छ । सुखवृद्धिका साथै कार्यसफलता
मिल्नेछन् । मानप्राप्ति होला । साताको उत्तरार्ध अनिष्ट समय रहने
देखिन्छ । यात्रा तथा सवारी साधनमा अत्यन्त सावधानी अपनाउनुहोला
कुम्भः मन प्रशन्न रहला । विविधप्रकारका लाभहरु प्राप्त हुनेछन् ।
शुभ र सुखदायक समय छ । कामकजहरु पनि सहजै सम्पन्न भएर जालान ।सामाजिक उचाइ कायम नै रहला । साताको अन्त्यमा अस्वस्थता र राजभय
देखिन्छ ।
मीनः सोमवारसम्म अनावश्यक खर्च बढ्ला । अस्वस्थाले सताउला ।
मंगलवारदेखि मन प्रशन्न रहनेछ । लाभका विविध स्रोतहरु भेटिनेछन्
। सुखद समयका साथै काममा सफलता मिल्ने छ ।

युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन,
साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड
गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”