Kanakai Online

लोकप्रिय नेता एलपी साँबा मन्त्रीको लाइनमा


आइतवार, असोज ११, २०७७ |

कनकाई अनलाईन
सरकारले दुई बर्ष कार्यकाल पूरा गरेका मन्त्रीहरुलाई फेर्ने तयारी थालेसगै झापा क्षेत्र नम्बर ४ का लोकप्रिय नेता एलपीसाँबा लिम्बुको समेत मन्त्री बन्ने सम्भावना वढेको छ ।
लिम्बु झापाका लोकप्रिय नेता तथा वैदेशिक रोजगार महासंघका समेत पूर्व केन्द्रिय अध्यक्ष भइसकेका नेता हुन । उनी झापा क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा अत्याधिक मतका साथ बिजयी बनेका नेता हुन । सरकारले नयाँ र केहि काम र परिणाम देखाउन सक्ने युवा नेताहरुको खोजी गरेको र साँबामा यी सबै गुण भएको कारण पनि अब बन्ने मन्त्रीमण्डलमा साँबा अटाउन सक्ने राजनैतिक विज्ञको भनाई छ । साँबा प्रधानमन्त्री ओलीका विशेष प्रिय पात्र पनि हुन ।

प्रधानमन्त्री ओलीको विश्वास पात्र र ओलीकै निर्वाचन क्षेत्र नम्बर ५ को सिमा क्षेत्रमा रहेको झापा ४ बाट समेत मन्त्री बनाउँनै पर्ने बाध्यता प्रधानमन्त्री ओलीसँग रहेको छ । यसअघि ओलीका विश्वास पात्र र उनकै निर्वाचन क्षेत्रकै डाः युवराज खतिवडा मन्त्री बनेका थिए । हाल उनी मन्त्री छैनन त्यसकारण पनि ओलीलाई साँबालाई मन्त्री बनाउँनै पर्ने दवाव रहेको राजनैतिक विश्लेषकको भनाई छ । साँबा झापालीमाझ सर्बाधिक लोकप्रिय नेतामा गनिन्छन भने उनी गत निर्वाचनमा समेत लोकप्रिय मत ल्याएर बिजयी बनेका नेता हुन ।
ओली नेतृत्वको सरकारमा विज्ञहरुको आवश्यकता महसुस गरेर अर्थमन्त्रीमा यस अघि डा। युवराज खतिवडालाई ओलीले रोजेका थिए । उनलाई विशिष्टको सूचीमा राखेर संसदमा प्रतिनिधित्व गराई मन्त्री बनाइएको भएपनि हालसालै उनको कार्यकाल पूरा भएपछि अब को नयाँ मन्त्री बन्ने भन्ने बहस छदैछ । झापाका ५ क्षेत्र मध्ये प्रधानमन्त्री ओलीको संगै निर्वाचन क्षेत्र जोडिएको झापा ४ बाट निर्वाचित सांसद एलपी साँवा लिम्बु अहिले नयाँ मन्त्रीको सूचीमा पर्ने सम्भावना रहेको नेकपा निकट स्रोतहरुले जनाएका छन । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष समेत भइसकेका साँवा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्ने प्रवल सम्भावना भएका व्यक्ति रहेको बताइएको छ ।
मन्त्रिपरिषद पुर्नगठनका मापदण्ड तयार गर्ने क्रममा सबै मन्त्री फेर्ने निर्णय भएमा सांसद साँवाको मन्त्रि बन्ने सम्भावना खुल्ने बताइएको छ । दुई वर्ष पूरा भएकालाई हटाउने मापदण्ड बन्यो भने पनि उनको सम्भावना कायम रहने अनुमान छ । सांसद साँवा झापा ४ बाट दोश्रो पटकमा निर्वाचित हुन सफल भएका लोकप्रिय सांसद मानिन्छन । बैदेशिक रोजगारका क्षेत्रमा लामो समय कामको अनुभव समेत सम्हालेर नेतृत्व गरिसकेका साँवा पहिलो पटक कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि केशवकुमार बुढाथोकीसंग पराजित भएपनि आफनो क्षेत्रमा निरन्तर खटिरहेका कारण दोश्रो पटक २०७३ को निर्वाचनमा फराकिलो मतान्तरसहित कांग्रेस झापाका लोकप्रिय मानिने नेता देउमान थेवेलाई पराजित गरेर संसदको यात्रा तय गरेका थिए ।

काठमाडौं स् सरकारको मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको क्रममा रेल र पानीजहाज मन्त्रालय थप्ने तयारी थालेका छन्। ओलीको रेल र पानीजहाजको नाराले खुबै चर्चा पाएको थियो। उनले पानीजहाज कार्यालय यसअघि नै सञ्चालनमा ल्याइसकेका छन्। तर, यसले अहिलेसम्म काम पाएको छैन। यही क्रममा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको क्रममा रेल र पानीजहाज मन्त्रालय थप्‍न लागेका हुन्। यीबाहेक प्रधानमन्त्री ओलीले भागबण्डा मिलाउनकै लागि थप तीन मन्त्रालय विभाजनको तयारी थालेको स्रोतको दाबी छ। ‘प्रधानमन्त्री ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाहेक केही मन्त्रालय टुक्राउने तयारी भइरहेका बुझिएको छ’, स्रोतले भन्यो। रेल र पानीजहाज मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयन्तर्गत छन्। तर, प्रधानमन्त्री ओलीले प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन भन्दै छुट्टै मन्त्रालय बनाउन लागेका हुन्। संविधानमा व्यवस्थाअनुसार २५ भन्दा बढी मन्त्रालय बनाउन मिल्ने प्रावधान छैन। अहिले १९ वटा पूर्ण र ३ वटा राज्यमन्त्री छन्। प्रधानमन्त्री ओलीले अहिले एक मन्त्रालय थप गरेर २५ वटै पुर्‍याउने तयारी गरिरहेका बुझिएको छ। प्रधानमन्त्री ओलीले यस विषयमा अध्यक्ष दाहालसँग निरन्तर छलफल चलाइरहेका छन्। ‘उहाँहरूबीच छलफल भइरहेको छ। कसलाई ल्याउने कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। उहाँहरु बीचको सहमति अन्तिम चरणमा पुगिसकेको छ। आजभोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ’, प्रधानमन्त्रीनिकट एक नेताले भने।

सम्बन्धित खबर