कनकाई अनलाईन
जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा आज कोरोना पुष्टि भएको छ ।
जिल्लामा आज थपिएका १४ जना कोरोना संक्रमितमध्ये एक महिला र नौ पुरुष गरी १० जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चौलागाईंले जानकारी दिनुभयो ।
“काठमाडौँ पठाउनुपर्ने एक जना कैदीबन्दीको पिसिआर परीक्षण गर्दा पोजिटिभ आयो”, उहाँले भन्नुभयो, “उक्त कदैबन्दीको कन्ट्याक टे«सिङको आधारमा अरुको पिसिआर जाँच गदा थप १० जनामा कोरोना देखिएको छ ।” २२ जनाको पिसिआर परीक्षण गर्दा १० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।
उपचारका लागि संक्रमित कैदीबन्दीलाई मेची प्रादेशिक कोभिड अस्पताल भद्रपुरमा भर्ना गरिएको छ । संक्रमित कैदीबन्दी भएकाले सुरक्षा व्यवस्था समेत कठा बनाइएको छ । कारागारमा कोरोना संक्रमण भेटिएपछि अहिले त्यहाँ उच्च सतर्कता अपनाइएको छ । संक्रमित कैदीबन्दी २२, २५, २८, ३२, ३४, ३६, ३९, ६०, ६०, ७५ वर्ष उमेरका रहेका छन् ।
त्यस्तै, आज बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय एक जना महिला, शिवसताक्षी नगरपालिका–१ का ७१ वर्षीय एक जना पुरुष र झापा गाउँपालिका–६ का ५२ र १७ वर्षीय दुई जना स्थानीयमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ८३६ पुगेको छ । निको हुनेको संख्या ७५७ छ । सक्रिय संक्रमित ७३ जना छन् भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।