Kanakai Online

टेक्राको कुलमान चौक चर्चामा


शुक्रवार, असोज ९, २०७७ |

कनकाई अनलाईन
नेपाल बिद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई पुर्नबहालीको माग गर्दै आन्दोलन चलिरहेको बेला धेरैलाई थाहा नहुन पनि सक्छ, झापामा कुलमानका यस्ता पनि समर्थक छन जसले आफ्नो गाउँकै नाम कुलमान चौक राखेका छन । कनकाई नगरपालिका ४ र शिवसताक्षी नगरपालिका १० नम्बर बार्डका स्थानीयले आफ्नो टोलकै नाम कुलमान घिसिङ चौक नामाकरण गरेका हुन । यस क्षेत्रका बिजुलीका पिता उपनामले परिचित श्याम ओलीको पहलकदमीमा यस गाउँको नाम कुलमान टोल नामकरण भएको हो । कुलमान ४ बर्षको कार्यकालको लागि नियुक्ति हुने वितिक्कै देशमा लोडसेडिड हटेपछि गाउँलेले खुसीले आफ्नो गाउँकै नाम कुलमान चौक राखेको स्थानीय युवा तथा शिवसताक्षी जेसिजका अध्यक्ष कुमारसिंह साँबा लिम्बुले बताउँनुभयो ।

कुलमानको सम्मानमा उक्त टोलनको नामकरण गरिएसगै कुलमान समेत यसअघि पटक पटक कनकाई नगरपालिकामा आएर गरिब परिवारलाई निशुल्क बिद्युत मिटर बितरण गर्नका साथै कनकाई नगरपालिकालाई देशकै पहिलो चुहावत मुक्त नगरपालिका घोषणा गर्नुभएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । पछिल्लो समय कुलमानलाई कार्यकाल सकिएको भन्दै सरकारले विदा दिएपछि यो चौकले चर्चा पाउन थालेको छ । कुलमानको लोकप्रियताबाट डराएर कुलमानलाई हटाउन खोजेको भन्दै सामाजिक अभियान्ता तथा देशका ठुलो सड्ख्याले सरकारको खबरदारी गर्न थालिसकेका छन ।

सम्बन्धित खबर