Kanakai Online

आधा होइन खाली बस दौडाउन बाध्य छन व्यावसायी


बिहिवार, असोज ८, २०७७ |

लीलाराज झापाली

सरकारले आधा यात्रु राख्न र यात्रुसग ५० प्रतिशत भाडा लिन भनेपनि यहाँका साना ठुला यात्रुवाहक बस तथा ट्याक्सीले आधा यात्रु पाएका छैनन ।
नेपालको पूर्वी नाका काँकडभिट्टाबाट कोरोना माहामारी अघि काठमाण्डौ लगायात देशका सबै क्षेत्रमा २५ सय साना ठुला बसले यात्रु ओर्सादै आएकोमा हाल मुस्किलले २ सय ५० यातायातका साधन संचालनमा आएको मेची बस प्रालिका अध्यक्ष बिष्णु श्रेष्ठले कनकाई अनलाइनलाई बताउँनुभयो ।

असोज ५ गतेदेखि आफ्ना जिल्लाका सबै काउन्टर खोलेर सेवा गरेपनि सरकारले तोकेको आधा यात्रु गाडीमा नचढेको श्रेष्ठले बताउँनुभयो । यातायात व्यावसायीले सडकमा गाडी गुडाउनु भनेको गाडीलाई मनिङ्गवाक गराउनुजस्तै भएको छ तेल र कर्मचारीको आधा रकम पनि भाडाबाट उठ्दैन श्रेष्ठले भन्नुभयो । मंगलवारबाट भारतबाट नेपाल आएका र होल्डिङ सेन्टरमा रहेकाहरु पिसिआर रिर्पोट नेगेटिभ भएमा सार्वजनिक यातायातबाटै आफ्नो गन्तव्य जान पाउने निर्णय भएकोले आगामी दिनमा केहि हदसम्म यातायातले यात्रु पाउने आश रहेको श्रेष्ठको भनाई छ । यता गरमकाली यातायातका संचालक लीला चिमरिया हाल दैनिक एउटा बसले १४ सय संकलन गरेर ३९ सय खर्च हुने गरेको बताउँनुहुन्छ ।

लामो समय बस संचालन नगर्दा पार्टपुर्जामा खिया समेत लागिसकेकोले बाध्यले व्यावसायीले सडकमा बस निकालेको चिमरियाको भनाई छ ।
यता झापा बिर्तामोडबाट पूर्वी पहाडी जिल्ला इलाम ,पाचथर, ताप्लेजुङ्ग, तेह्रथुम, भोजपुर लगायातका जिल्लामा सेवा दिदै आएका करिब ३ सय साना सवारीमा हाल मुस्लिकले दैनिक एक दर्जन सवारीले मात्रै यात्रु बोकिरहेको विशाल यातायातका संचालक दिनेश नेउपाने बताउँनुहुन्छ । उक्त साना यातायातमा १० यात्रु क्षमताको सिटमा ५ जनामात्रै बोक्नु भनेकोमा यसलाई ७ जनासम्म बोक्न पाउनुपर्ने नेउपानेको भनाई छ । ठुला जहाजहरु पुर्ण क्षमतामा चलिरहेका छन हामी साना लगानीका यातायात व्यावसायीलाई दैनिक बैँकले समेत किस्ता तिर्न ताकेत ागर्ने यात्रु एक जना वढी हुदा समेत ट्राफिकले जरिमाना काट्न् अर्का व्यावसायी सुदर्सन थापाले भन्नुभयो । आफु लगायातका व्यावसायीहरुले सुपर मेची यातायातमा ४० वटा साना सवारीले पुर्वी पहाडी जिल्लामा यात्रु बोकीरहेकोमा हाल मुस्किलले ५ वटा सवारीमात्रै निकालेको थापाले बताउँनुभयो ।

हाल झापाका सवारीमा सामाजिक दुरी कायम गर्ने र प्रत्येक नागरिकलाई अनिवार्य सेनिटाइजर गराएर मात्रै भाडा माग्ने काम यातायात मजदुरले गरिरहेको पाइएको छ । सार्वजनिक सवारीमा आधा यात्रु नचढ्ने गरेपछि सामाजिक दुरी कायम भइरहेको तर यातायात व्यावसायीहरु मर्कामा परेको व्यावसायी चिमरियाको भनाई छ । यता दिनभर काउन्टर खुल्ला राखेर बस्दा पनि मुस्किलले १० जनासम्मको मात्रै टिकट काट्न पाइएको सुरुङ्गा बस काउन्टरका सोनु शाह बताउँछन । यता उज्यालो काउन्टरका धनबहादुर कुबँरको गुनासो पनि उस्तै छ , दिनभर काउन्टरमा बस्यो दिन कटायो बेलुकी काउन्टर बन्द गर्यो कनकाई अनलाईनसँग भन्नुभयो । असोज १ गते विश्वकर्मा पुजापछि यस क्षेत्रका सबै काउन्टरहरु खुल्ला भएपनि बसकै सङ्ख्यामा समेत यात्रु नआएको कुबँरको गुनासो छ ।

फोटो ः यात्रु नपाएपछि एक यात्रुवाहक बस खाली गुड्दै २) बिर्तामोड बसपार्कमा पहाडी जिल्लाका लागि लगेज हाल्दै एक यातायात मजदुर ३) सुनसान बिर्तामोड बसपार्क ४) यात्रुको पर्खाईमा रहेका बिर्तामोड बसपार्कमा साना सवारीहरु तस्वीरहरु लीलाराज झापाली

सम्बन्धित खबर