आजको पञ्चांग मितिः २०७७ असोज ६, मंगलवार इ.संः २०२० सेप्टेम्बर २२ नेपाल संवतः ११४० ञलागा चन्द्रमाः वृश्चिक राशीमा तिथीः षष्टी पक्षः अधिकआश्विनशुक्लपक्ष नक्षत्रः अनुराधा ऋतुः शरद आयानः दक्षिणायन सूर्योदयः ५ः५२ आजको राशीफल, मंगलवार, ६असोज, २०७७ मेषः शरीर स्वस्थ र फुर्तिलो रहनेछ । आर्थिक लाभको योग छ । वृषः सुखवृद्धि होला । स्त्रीका तर्फबाट धनलाभ हुनेछ । मिथुनः प्रतिकूल समय छ । कष्टको सामना गर्नुपर्ला । कर्कटः सरकारी नोकरीको योग छ । तथापी शरीरमा अस्वस्थताले सताउला सिंहः आज महत्वपूर्ण कामहरु सिद्ध भएर जानेछन् । सुखानुभूति हुनेछ । कन्याः लाभका विभिन्न अवसरले पछ्याउलान । मन प्रशन्न रहला । तुलाः व्ययभार बढ्नाले चिन्ता होला । ओखतीमूलोमा धन खर्च हुने योग छ । वृश्चिकः भाग्योदयको समय छ । अन्नलाभ हुनेछ । धनुः आम्दानी भएपनि आम्दानी र खर्च बराबर रहला । मकरः प्रतिष्पर्धामा विजयी भइनेछ । द्रव्यादि लाभ होला । कुम्भः शरीर अस्वस्थ रहला । मनमा भय सृजना हुनेछ । मीनः महत्वपूर्ण कामहरु किनारा लाग्नेछन्, तथापी अप्रिय समाचार सुन्नुपर्ला । युवा ज्योतिषः सूर्य कुईँकेल नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८ व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन, साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् । ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र /शिवसताक्षी, झापा सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२ “उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।