कनकाई अनलाइन।कामाटोली,असोज ४।झापा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा पहिलो चरणको आठ दिने मेलमिलामकर्ता तालिम सम्पन्न भएको छ।न्यायिक समितिकी संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष कुन्तीदेबी बुढाथोकीको अध्यक्षतामा उक्त तालिम सम्पन्न भएको हो।
झापा गाउँपालिका वडा १,२,३ र ४ का वडाबासीले आर्थिक वर्ष ०७६/०७७ मा छनौट गरि पठाएका प्रतिनिधी समेटेर कुल २३ जना सहभागी रहेको तालिमको प्रशिक्षक संगीता थापा रहनु भएको थियो।पहिको चरणको तालिमको आज समापन गरेसंगै सम्पुर्ण प्रशिक्षार्थीलाई न्यायिक समितीकी संयोजक बुढाथोकीले सपथ खुवाउनुभएको थियो।सपथमा मेलमिलाप समितिले जात,धर्म राजनितिक संग झुकाव नराखी स्पष्ट न्याय गर्नुपर्ने आदि उल्लेख छ।
झापा गाउँपालिकाका सुचना अधिकारी हिमाल मिश्रले संन्चालन गरेको समापन कार्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथीहरुमा प्रमुख प्रशासकीय अधिकृत जीवन निरौला,सम्पुर्ण वार्डका वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो।कार्यक्रममा मन्तब्य राख्ने क्रममा न्यायिक समितिले सम्पुर्ण वडाका समाजका अगुवा प्रतिनिधि समेटेर मेलमिलाप सम्बन्धी पहिलो चरणको तालिम सम्पन्न गरेकोमा झापा गाउँपालिकाको गौरब रहेको प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताउनु भयो।
कार्यक्रममा प्रमुख अतिथी शाहले प्रशिक्षकको कुशल प्रशिक्षणले न्यायिक समितिमा निखारता ल्याउने बिश्वास गर्नुभयो।शाहले न्यायिक समितिमा कुनै जात,धर्म,राजनिती नहुने भन्दै सम्पुर्ण प्रशिक्षार्थीले यस कुराको पालना गर्नेमा बिश्वास ब्यक्त गर्नुभयो।कार्यक्रममा प्रशिक्षार्थीहरुले गीत गाएर मन्त्यब्य राख्दै प्रशिक्षक थापाको प्रशंसा गरेका थिए।
समापन कार्यक्रमा २३ प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो भने प्रशिक्षक थापालाई प्रशिक्षार्थीहरुले फूल र अबिर लगाई बिदाइ गरेका थिए।कार्यक्रमको अन्त्यमा कार्यक्रमको अध्यक्षता गर्नुभएकी बुढाथोकीले पहिलो चरणको तालीम र सिकाइ उत्कृष्ठ भएको भन्दै सम्पुर्ण प्रशिक्षार्थी तथा प्रशिक्षकलाई बधाई तथा शुभाकामना दिदै कार्यक्रम अन्त्य भएको घोषणा गर्नुभएको थियो।
न्यायिक समितिले आयोजना गरेको मेलमिलापकर्ता तालिममा सवै वडाका कुल ३९ प्रशिक्षार्थी मध्ये २३ जनाको पहिलो चरणको तालिम सम्पन्न भएको छ।भोलि देखि दोस्रो चरणमा वडा ५,६ र ७ का मेलमिलापकर्ता कुल १६ जनाको तालिम सुचारु हुने बताइएको छ।