दुबई,असोज ४। नेपालको संविधान दिवसका अवसरमा युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराईएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा हिजो साँझ स्थानिय समय ८ः१५ बजे झण्डा फहराईएको थियो । संयुक्त अरब इमिरेट्सको दुबईमा रहेकाे संसारकै सबैभन्दा अग्लो भवनमा दोस्रो पटक नेपाली झण्डा फहराइएको हो ।
यसैगरी आबुधावी स्थित नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालय भएको भवनमा समेत नेपालको झण्डा फहराईएको छ । संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराउने गरिन्थ्याे ।