Kanakai Online

कनकाई ४ का जनताले अब घरगाउँबाटै स्वास्थ्य सेवा


शनिवार, असोज ३, २०७७ |

कनकाई अनलाईन
नेपाल सरकारको प्रत्येक वार्डमा आधारभुत स्वास्थ सेवा विस्तार गर्ने योजना अनुसार कनकाई नगरपालिका ४ नम्बर वार्डमा समेत आधारभुत स्वास्थ्य सेवा केन्द्रको विधिवत सेवा सुरु भएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विशेष कार्यक्रमका बिच उक्त स्वास्थ सेवाको विधिवत उद्घाटन गर्नुभयो ।

कनकाई ४ इलुवावारीस्थित वार्डकार्यालय छेउमा रहेको उक्त कार्यालयबाट अब यस वार्डका नागरिकले अत्यावश्यक सेवा लिनका लागि अन्यत्र गइरहनुनपर्ने कनकाई ४ का वडाअध्यक्ष गोविन्दप्रसाद पौड्यालले बताउँनुभयो ।

सम्बन्धित खबर