कनकाई अनलाईन
पछिल्लो समय झापाको कोरोना महामारीको सबैभन्दा वढी समस्या देखिएको कनकाई नगरपालिकामा कोरोना जित्नेको सङ्ख्या उच्च भएको छ ।
एक्कैघरमा ११ जनासम्म संक्रमित भएको कनकाई नगरपालिकाको उक्त घरमा एक्कैदिन १४ बर्षको नातीदेखि ८४ बर्षकी हजुरआमाले समेत कोरोनालाई जित्नसफल हुनुभएको छ । कनकाई ३ नम्बर वार्डको उक्त घरमा हाल एक जना कोरोनाको उपचार धरानमा गराइरहनुभएको छ ।
यसैविच कनकाईमा एक्कैदिन थप १२ जनाले कोरोना जितेको कनकाई नगरपालिका कोरोना सुचना तथा संचार केन्द्रका सदस्य समेत रहनुभएका लक्ष्मी अधिकारीले कनकाई अनलाईनलाई जानकारी दिनुभयो । कोरोना जित्नेमा राजनैतिक दलका कनकाईका शीर्ष नेताहरु समेत रहनुभएको छ । कनकाईमा ८ जना कोरोना सक्रमितहरु उपचारमा रहनुभएको छ ।
जसमा ८० बर्षिय बृद्ध समेत रहनुभएको छ । हालसम्म कनकाई नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या ५० पुगेको छ । जसमा ४२ जनाले कोरोलालाई परास्त गरिसक्नुभएको अधिकारीले बताउँनुभयो । हाल कनकाईमा बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म मात्रै बजार लगायातका व्यावसाय खुलेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक पदम लिम्बुले बताउँनुभयो ।
तस्वीर ः कोरोना जित्ने कांग्रेसका नेताद्धय रमेश दाहाल र भुपालमानसिंह कार्कीलाई सम्मान गर्दै कनकाई नगरप्रमुख र उपप्रमुख