भद्रपुर, १ अशोज /५ महिनायता आन्दोलनमा रहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले विद्यालय सञ्चालकहरूको शिक्षक कर्मचारी प्रतिको धारणा बुझ्ने अभियान सुरू गरेको छ ।निर्णायक आन्दोलनका परिचालन अभियान अन्र्तगत प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साललाई भेटी संस्थागत विद्यालय सञ्चालकहरूको शिक्षक कर्मचारीप्रतिको धारणा लिइएको छ ।
नगर समितिका अध्यक्ष द्रोण अधिकारी तथा प्रदेश सहसचिव राजु वरालको नेतृत्वमा गएको टोलीसित कुरा गर्दै सल्लाहकार लम्सालले विद्यालय सञ्चालन नभइ शिक्षक कर्मचारीका माग सम्बोधन गर्न नसकिने धारणा राखेका थिए । शिक्षक कर्मचारीविना विद्यालय सञ्चालन गर्न सकिने कि नसकिने भन्ने प्रश्नको जवाफ दिँदै लम्सालले विद्यालय सञ्चालनका लागि शिक्षक कर्मचारी आवश्यक भए पनि अभिभावकले शुल्क तिर्ने वातावरण नबनेसम्म शिक्षक कर्मचारीको पक्षमा काम गर्न नसकिएको बताए ।
नेपालको प्रचलित कानुन तथा नियमावली मिचेर विद्यालय सञ्चालक अगाडि बढ्दा आइपर्न सक्ने झमेला बारे जानकारी दिँदै युनियनका प्रदेश सहसचिव राजु वरालले विद्यालय सञ्चालक शिक्षक कर्मचारीका मागमा लचिलो हुन सुझाव दिएका थिए ।


