Kanakai Online

आजको राशिफल।


बिहिवार, असोज १, २०७७ |

आजको पञ्चांग
मितिः २०७७ असोज १, विहिवार इ.संः २०२० सेप्टेम्बर १७, नेपाल संवतः ११४० ञलागा
चन्द्रमाः सिंह राशीमा अपरान्हः ४ः३३ उप्रान्त कन्या राशीमा तिथीः औँशी अपरान्ह ४ः५९ पश्चात प्रतिपदा पक्षः आश्विनकृष्ण (पितृ) पक्ष नक्षत्रः पूर्व फाल्गुनी ऋतुः शरद आयानः दक्षिणायन सूर्योदयः ५ः५० पर्व÷ दिवस विश्वकर्मा पूजा, वास्तु दिवस
आजको राशीफल असोज १, २०७७
मेषः सरकारी कामकाजमा सफलता मिल्नेछ । धनार्जनमा कमी हुनेछैन । दिनको उत्तरार्धमा चोटपटक या दुर्घटनाको भय रहेकाले सावधानी अपनाउनुहोला ।
वृषः शुभ समय छ । शरीरमा सुखानुभूति होला । थालेका कामकाजहरुमा सफलता मिल्नेछ । राज्यका तर्फबाट पुरस्कृत भइएला । पदोन्नती हुने योग छ ।
मिथुनः आजको दिन तपाईँको हितमा छ । सुखप्राप्ति हुनेछ। आम्दानीका प्रशस्त मार्गहरु भेटिनेछन्। मनमा आनन्द र चेहेरामा प्रशन्नता छाउला ।
कर्कटः मध्यम समय छ । लाभका विविध मार्गहरु भेटिएपनि आम्दानीको अनुपातमा खर्चमा वृद्धि हुनेछ । शारीरीक अस्वस्थता तथा शरीरमा पीडा महसुस होला ।
सिंहः सामान्य फलदायी समय छ । औषधोपचारमा धन खर्च होला। मिष्ठान्नभोजन प्राप्तिको योग रहेको छ । तर खर्चका अभाव खड्किइरहनेछ ।
कन्याः समय बलियो छ । भाग्योदयको समय छ। मनपर्ने परिकारको स्वादमा रम्न पाइएला । धन खर्च भएपनि आम्दानीमा कमी आउनेछैन । अन्नादि लाभ हुनेछ ।
तुलाः आजको दिन भाग्य बलियो छ। प्रतिष्पर्धामा विजयी भइनेछ । आभूषणादि उपहारका रुपमा प्राप्त होला। रत्न, धातुको कारोवारबाट मनग्य आम्दानी हुनेछ ।
वृश्चिकः मिश्रित फलदायी दिन रहेको छ । मनमा शंका उब्जिए पनि प्रतियोगितामा विजयी बन्नुहुनेछ। द्रव्यादि लाभको समय छ ।सावधानी अपनाउनुहोला ।
धनुः थालेका कामहरु सम्पन्न हुनेछन् । तथापी पेट सम्बन्धि समस्या बल्झिन सक्छ । मनमा भय रहला । कुनै अप्रिय समाचार सुन्नुपर्ला ।
मकरः भाग्य बलियो भएर आएको छ । कामकाजहरु सिद्ध भएर जानेछन् । आरोग्यता बढ्ला । वित्तीय कारोवारहरु तपाईँकै हितमा होलान । आर्थिक उन्नति होला ।
कुम्भः दिन तपाईँकै हितमा छ ।महिला मित्रका तर्फबाट महत्वपूर्ण काम बन्नेछन् । आम्दानीमा कमी हुनेछैन । सुखवृद्धि होला । शरीर स्वस्थ रहनेछ ।
मीनः विपरीत लिङ्गीका तर्फबाट केही सन्तोषजनक काम बनेपनि समय केही प्रतिकूल छ । दुर्घटना या चोटपटकको भय रहेकाले सावधानी अपनाउनुहोला ।
युवा ज्योतिषः सूर्य कुईँकेल, नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८ व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन, साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा पराम

सम्बन्धित खबर