कनकाई अनलाईन
नेपालको पूर्वी नाकामा कोभिड महामारीका विच पनि नेपाल भारतबाट अबैध धन्दा मौलाउदै गएको छ ।
पछिल्लो पटक झापाको मेचीनगर–१३ बाट ब्राउन सुगरसहित दुई जनालाई इलाका प्रहरी कार्यालय काकडभिट्टाको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर–१५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड –५ का २७ बर्षीय पवनकुमार वसाक रहेका छन ।
हिजो साँझ (मंगलवार) ७ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु मे १ प ९९७२ नम्बरको मोटरसाइकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार थिए । दुबै जनालाई चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भएको हो ।
पक्राउ परेका उपर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । उनीहरु इलाका प्रहरी कार्यालय धुलावारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।